अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठलाई लक्षित गरी बम विस्फोट

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १७:२१ मा प्रकाशित

 उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षितगरी आइतबार साँझ बम विस्फोट भएको छ। प्रतिनिधिसभा क्षेत्र २ का उम्मेदवारसमेत रहेका श्रेष्ठ स्याङ्जाको भीरकोट नगरपालिका ८ ढापुक सिमलभञ्ज्याङ्को टापुबाट चुनावी सभा सकेर फर्कने क्रममा लक्षित गर्दे ढापुक फेदीमा बम आक्रमण भएको हो।

उम्मेदवार श्रेष्ठ चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षितगरी बम आक्रमण भएपनि उनी सकुशल रहेको उनका सहयोगी शिवसंसार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठ सवार स्कारपियो नजिकै करिब ५ मिटरको दुरीमा बम विस्फोट भएको हो। मन्त्री श्रेष्ठ सवार गाडी र सुरक्षागाडी बीचको दूरी १० मिटर रहेको बताइएको छ।  विस्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ। अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू