अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

अमेरिका नेपाल महिला सङ्घमा विजया शाह पुन दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १३:०३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सक्रिय मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल महिला सङ्घ(आन्वा)मा विजया शाह पुन दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ l

नव निर्वाचित अध्यक्ष शाह अमेरिकामा ४० वर्ष देखि डिसी महानगर क्षेत्र मै बसोबास गर्दै आउनु भएको छ भने नव गठित समितिको कार्यकाल दुई वर्षको लागि हुने छ l उक्त जानकारी आन्वा निर्वाचन समितिका निर्वाचन प्रमुख, संस्था कि पूर्व अध्यक्ष तथा महिला अधिकारकर्मी माधवी बस्नेत कार्कीले एक प्रेस विज्ञप्ति जारी गरी उक्त नयाँ कार्यकारी समिति गठन भएको जानकारी गराउनु भएको छ ।

समितिमा अधिकांश समिति सदस्यहरू पुरानै अनुहारका रहेता पनि केही पदमा सामान्य हेरफेर गरिएको छ । उक्त कार्यकारी समितिको अध्यक्षमा विजया शाह, अधिवक्ता तथा उक्त संस्थाकि महासचिव बन्दिता शर्मा दाहाल उप-सभापतिमा निर्वाचित हुनु भएको छ ।

यसै गरी अन्जु शर्मा सचिव तथा सरला पाण्डे कोषाध्यक्षमा निर्वाचित हुनु भएको छ l कार्यकारी समितिमा मिना प्रधान, लीना रुपाखेती तथा भवानी शर्मा निर्वाचित हुनु भएको छ l

निर्वाचित भए पछि निर्वाचन समितिले शुभकामना व्यक्त गर्दै संस्थापक सदस्य, संस्थाका सदस्य तथा स्वयम् सेवक रूपमा काम गर्ने सबैलाई धन्यवाद दिएको छ l निर्वाचन समितिमा माधवी बस्नेत कार्की प्रमुख तथा सदस्यहरूमा क्रमशः सुनिता सिवाकोटी तथा सरिता डंगोल रहनु भएको थियो l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू