अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

गायक सुरज मानन्धरको ‘तिम्रो अंगालोमा’ बजारमा (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १०:३४ मा प्रकाशित
गायक सुरज मानन्धर आफ्नो नयाँ गीत “तिम्रो अंगालोमा” ल्याएर बजारमा आएका छन्  । लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका यी गायकले आफ्नो यो गीत सार्बजनिक गरेका हुन्  ।
गीतमा गायक सुरजलाई अन्जु पन्तले साथ दिएकि छिन भने संगीतकार चन्दन के श्रेष्ठ संग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ भने चन्दन के श्रेष्ठको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । 
चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया