अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

चलचित्र ‘सेकेन्ड ह्याण्ड’ को शुभमुर्हुत

बिआरटीनेपाल २०७४ मंसिर १७ गते ९:२३ मा प्रकाशित

नारीप्रधान चलचित्र ‘सेकेन्ड ह्याण्ड’ को शुभमुर्हुत गरिएको छ । नारीहरुले अझैपनि आफ्नो कुराहरु खुलेर बोल्न नसक्ने र उनीहरुलाई नेपाली समाजमा अझैपनि सेकेण्ड ह्याण्डको रुपमै हेरिने गरेको बिषयमा चलचित्र बन्न लागेको हो । नव–नायक अनुरुप पोख्रेलको मुख्य भुमिका रहने यो चलचित्रमा नायिका भने तय नभइसकेको चलचित्र युनिटले जनाएको छ । शुभर्मुहुतमा भने नायक अनुरुप पनि अनुपस्थित थिए ।

आइतबार बिहान राजधानीको बत्तिसपुतलीस्थित राम मन्दिरमा गरिएको शुभमुर्हुत कार्यक्रममा चलचित्र कलाकारहरुले आफ्नो धारणा राखेका थिए । धारणा राख्नेक्रममा चलचित्रका निर्देशक अशोक सुनारले युवापुस्ता लक्षित गरि चलचित्र निर्माण गर्ने बताए । ‘बिशेषतः नारीको कथालाई चलचित्रमा उठाइएको छ । चलचित्रमा लभ, रोमान्स सहितको मनोरञ्जन हुनेछ ।’, निर्देशक सुनारले चलचित्रको कथाबारे भने । उनले चलचित्रमा धेरै नयाँ अनुहार भएपनि दर्शकलाई मनपर्ने बन्नेमा विश्वस्त रहे । ‘चलचित्रमा नयाँ अनुहार छन् भन्दैमा नराम्रो, कमजोर भन्ने हुँदैन । चलचित्रको बिषय बस्तु, प्रस्तुती कस्तो छ त्यसमा निर्भर रहन्छ ।’, सुनारले भने । निर्देशक सुनारले यसभन्दा अघि ‘भाईटीका’, ‘पर्खाई’, ‘क्राइम’, ‘डोरी’, ‘बिग बोस’, ‘तिहारको टिका’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

त्यस्तै चलचित्रमा निर्माताको रुपमा डेब्यु गरेका जय सिंह ठाकुरले आफुले पहिलो पटक चलचित्रमा लगानी गरेको र लगानीको प्रतिफल राम्रो हुनेमा विश्वस्त रहेको बताए । ‘मैले यो भन्दा अघि चलचित्रमा लगानी गरेको छैन र अहिले नेपाली चलचित्रको बजारमा धेरै राम्रो हुँदै गएकोले पनि मलाई यो बिषयमा इच्छा जागेको हो । आशा छ चलचित्रलाई दर्शकले मन पराइदिनुहुनेछ ।’, निर्माता ठाकुरले भने ।

तीलक राज बुढाथोकीको छायांकन रहने यो चलचित्रमा राजनराज शिवाकोटीले शब्द, संगीत भर्दैछन् भने स्वर तिर्थराज सेडाईको रहनेछ । चलचित्रमा सुजीता श्रेष्ठ, अनु खड्का, सुरज श्रेष्ठको द्धृन्द्ध निर्देशन, सुरेश वाइवा र युद्ध लामाको नृत्य निर्देशन रहने बताइएको छ । चलचित्रमा वीरमान स्याङ्ताङ, मुस्कान लामा, सीता लामा, किशोर खतिवडा लगायतको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया