अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

प्रकाश सिंहको गीत ‘केही चोटले’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर १६ गते ६:२६ मा प्रकाशित

गायक प्रकाश सिंहको केहि चोटले बोलको गीत सार्वजनिक भएको छ । गायक स्वयंकै शब्द संगीत रहेको गीत केहि चोटले बोलको पप गीत भिडियो सहित संङस् नेपालको युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा मोडल कलाकार बर्षा सिवाकोटी र गम्भिर बिष्ट फिचरिङ भएका छन् । ज्ञानेन्द्र शर्मा र महेश जोशीले गीत खिचेका छन् भने कलर र सम्पादनको काम नबीन निरौलाले गरेका हुन् । गम्भिर बिष्टको निर्देशन रहेको म्यूजिक भिडियोलाई सुरेन बस्यालले सह निर्देशन गरेका हुन् । गीत सङ्स नेपालले यू ट्यूबमा रिलिज गरेको हो भने गम्भिर बिष्ट क्रियशनले गीत निर्माण गरेको हो ।

गायक प्रकाश सिंह हङकङ –मकाउ) मा रहेर पनि गीत संगीतमा तल्लीन रहेका युवा संगीतकर्मी हुन् ।

 

प्रतिक्रिया