अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

विद्यार्थीलाई शैक्षिक गन्तव्य चिनाउन ‘के पढ्ने डट कम’को सुरुवात

बिआरटीनेपाल २०७४ मंसिर १४ गते २१:२९ मा प्रकाशित

तपाई कहि कतै पढ्न पर्यो भने के गर्नुहुन्छ ? बुवा आमालाई सोध्नु हुन्छ ? मामालाई गुहार्नु या साथीभाईको लहैलहैमा पछि लाग्नुहुन्छ ? अब यी सबै झमेलाबाट मुक्त हुने दिन आएको छ । आफ्नो पढाईलाई अगाडि बढाउने समयमा यस्तै समस्या भोगेका युवाहरुले यसको समाधान खोज्ने प्रयास गरेका छन् ।

यी समस्याको समाधान खोज्दै युवाहरुले के पढ्ने डट कम सुरुवात गरेका छन् । यसले तपाईले खोजेको शैक्षिक संस्था, होस्टल, सीपमूलक तालिम दिने संस्था, शिक्षक, शिक्षिका र अन्य शैक्षिक सूचनाहरु तपाईँको पहुँचमा पुराउने भएको छ ।

कपिलवस्तुका नवराज पाण्डे र किशोर जिसी स्कुले दौतरी हुन् । स्नातकोत्तर पास गरेपछि नवराज जागिरका लागि सयौँ ठाँउ डुले तर कसैका लायक भएनन् । उता भारतमा उच्च शिक्षा पछि बंैकमा राम्रो जागिर गरिरहका जि सी नेपाल आएका थिए । दुवै जना बैदेशिक रोजगारीको लागि अष्ट्रेलिया जाने तरखर सुरु गरे र प्रक्रिया अगाडि बढाए । नेपालमा अवसर नपाए पनि खोज्ने कार्यलाई रोकेनौ ,के पढ्ने डट कमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

अष्ट्रेलियाको तयारी भइरहदा पनि स्वदेशमा सामाजिक उत्तरदायित्व बोध हुने काम गर्ने प्यास संथापक तथा अध्यक्ष किशोर जि सीलाई, मेटिसकेको थिएन । दुवै जनाको दैनिकी बिहान दश बजेबाट सुरु हुन्थ्यो । पायः उनीहरु भृकुटीमण्डप पुग्थे । सो क्रममा उनीहरुले संयौ कप चिया पनि सके । एकदिन त्यही स्थानमा उनीहरुलाई शिक्षामा प्रविधि जोड्ने जुक्ति आयो । नेपाली शिक्षा प्रविधियुक्त बनाउने काम अघि बढाउने निष्कर्ष सहित के पढ्ने डट कमको सुरुवात गर्ने योजना बनाए । त्यही योजना अनुसार अहिले के पढ्ने डटकम सञ्चालनमा आएको छ ।

विशेषतःउच्च शिक्षाको लागि कुन कलेज खोेज्ने भन्ने द्धिविधा विद्यार्थीमा हुन्छ । यसलाई के पढ्नेले सहजै समाधान गरिदिने पाण्डेले भने । कुनै पनि विद्यार्थीलाई पढ्नका लागि शैक्षिक संस्थामा मात्र नभएर निजि रुपमा शिक्षक खोजेर आफ्नो अध्ययनलाई अझ गुणस्तरीय बनाउन सकिने छ । connect my tutor का माध्यमबाट कुनै पनि विद्यार्थीले home tuition अथवा कुनै पनि सीप आर्जन गर्न सक्नेछन् ।

कुनै पनि विधार्थीहरुले अब घर नजिकै आफूलाई सिक्नुपर्ने सीप, ज्ञान सजिलै खोज्न र भेट्न सक्छन् । यसका माध्यमबाट जो कोहि शिक्षक शिक्षिकाले आफ्नो प्रोफाइल लगिन् गरेर आफुलाई बजारमा पुर्याउन सक्नेछन् । सोही अनुरुप आफ्नो रुचीको ज्ञान सम्बन्धित शिक्षक शिक्षिका या Instructor मार्फत विद्याार्थीले सजिलै लिन सक्नेछन् ।

यति मात्र नभएर उपत्यका बाहिरका विद्याथहरुका लागि कहाँ बस्ने भन्ने दोधार पनि यसै पोर्टलका माध्यमबाट सजिलै पत्ता लगाउन सकिन्छ । साना साना ठाँउमा होस्टल खोज्न यो माध्यम सहयोगी बन्नेछ । अझ यसको राम्रो पक्ष के छ भने कुन होस्टेलको वरिपरि कुन कुन शैक्षिक सँस्था छन् भनेर पनि थाहा पाउन सकिन्छ । यी विविध आयाम बाहेक विद्यार्थीहरुका लागि चाहिने परिक्षाका सुचनाहरु,राष्ट्रि«य तथा अन्र्तराष्ट्रिय छात्रवृत्ति र शिक्षासंग सम्बन्धित सम्पुर्ण जानकारी यसै पोर्टल मार्फत थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू