अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

सडक नाटक महादानको प्रभाव मुलुकका ७ ओटै प्रदेशका गाउँ-गाउँमा

बिआरटीनेपाल २०७४ मंसिर १४ गते ६:१७ मा प्रकाशित

रोजगारीको सिलसिलामा रामे बिदेशमा छ । उसले संचारमाध्यमबाट देशका गतिबिधि नियालिरहेको छ । देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन गइरहेको जानकारी उसले पाउँछ । गणतन्त्रपछि देशमा पहिलो पटक हुन लागेको प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनमा उ आफु पनि भाग लिन चाहन्छ । तर उसलाई आफुले काम गरेको कम्पनीबाट बिदा मिल्दैन । कम्पिनीले बिदा दिन नमानेपछि अन्तत उ जागिर नै छोडेर स्वदेश फर्किन्छ । देशमा हुन लागेको निर्बाचमा आफु होमिदै निर्वाचका बारेरमा सबैलाई सिकाउदै हिड्न थाल्दछ ।

यस्तै यस्तै कथामा साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन र आरोहण गुरुकुलको सहकार्यमा भईरहेको सडक नाटक महादान यतिबेला देशको ४५ जिल्लामा मञ्चन भइरहेको छ । नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको आगामी २१ मंसिरमा हुने निर्वाचनका लागि नाटक महादान मार्फत मतदान शिक्षा बाढ्न बिभिन्न नाट्य टोली जिल्ला जिल्लामा क्रियासिल छन् । निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको महादान नाटक बिहिबार पनि मुलुकका ७ ओटै प्रदेशका विभिन्न स्थानमा मञ्चन भएको छ ।

यसै क्रममा प्रदेश १ को इलाम, झापा र धनकुटाको बिभिन्न स्थानमा बिहिबार नाटक महादान मञ्चन गरियो । इलाम जिल्लाको फाकफोक धुम गाउँपालिकाको आमचोक, माङ्गेबुसङ गाउँपालिकाको गजुरमुखी बजार र देउमाइ गाउपालिकाको मंगलबारे बजारमा चेतना नाट्य समुहले नाटक महादान मञ्चन गरेको छ । समुहका निर्देशक सुरेश पोर्तलले यी स्थानमा ठेट पुर्वेली भाषामा नाटक देखाइएको जानकारी दिए ।

यस्तै मतदान शिक्षा बाड्न झापा जिल्ला पुगेको परिवर्तन नाट्य समुहकी निर्देशक कविता नेपालका अनुसार सो समुहले झापाको दमक नगरपालिकाको फाल्गुनन्द चोक, गौरीगञ्ज गाउँपालिकाको गौरीगञ्ज बजार, गौराहदह नगरपालिकाको गौराहदह बजार, कमल गाउँपालिकाको केर्खा बजार र शिवशक्ती गाउँपालिकाको दुधे बजारमा नाटक मञ्चन गरेको छ ।

प्रदेश १ कै मोरङ जिल्लामा पनि बिहिबार आरोहण गुरुकुलले नाटक देखाएको छ । टोलीका निर्देशक दीपेश भण्डारीका अनुसार मोरङको सुन्दर हरिया नगरपालिका स्थित बिराट चोक, केराबारी गाउपालिकाको केराबारी बजार, बेलबारी नगरपालिकाको बेलबारी चोक र कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा नाटक महादान मञ्चन गरिएको छ । झोरहाट नाट्य समुहले पनि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको जितपुर बजार र चौबिसे गाउँपालिकाको राजारानी बजारमा नाटक देखाएको छ ।

यस्तै प्रदेश २ को सिराहा जिल्लाको बिभिन्न ठाउँमा पनि बिहिबार नाटक महादान मञ्चन गरियो । सिराह जिल्लाको लक्ष्मीपुर गाउँपालिकाको स्थित पतरी बजार, सखुम्बा नकार कटरी गाउँपालिकाको महेशबारी बजार, नवराजपुर गाउँपालिकाको सोनबर्षा बजार, बरियार पट्टी गाउपालिकाको सुखिपुर बजारमा बिरट मैथील समुहले नाटक महादान मञ्चन ग¥यो । यस्तै लोक संचार नाट्य समहले धुनषाको तारपट्टी मिथिला बिहारी नगारपालिका परिसर, धनुषाधाम नगरपालिकाको धनुषाबजार, सबैला नगरपालिकाको सबैला बजार, गणेशमान चारनाथ नगरपालिकाको ढल्केबर बजार र महेन्द्र नगरनगरपालिकाको महेन्द्रनगर बजारमा नाटक प्रदर्शन गरेको छ । सिराह र महोतरीमा नेपाली तथा मैथली भाषामा नाटक मञ्चन गरिएको हो ।

त्यस्तै प्रदेश २को बारा जिल्लाको दुई स्थिानमा पनि बिहिबार नाटक महादान मञ्चन गरिएको छ । यो जिल्लाको जितपुर सिमरा उपमहानगर पालिका स्थित जितपुर बजार र निजगढ नगरपालिकाको पुरानो निजगढ बजारमा भोजपुरी र नेपाली भाषामा नाटक देखाइएको गढीमाइ नाट्य समुहका रामलोचनले बताए ।

त्यस्तै प्रदेश ३ को चितवन जिल्लाको कालिका नगरपलिकाको खोलेसिमल, खैरेनी नगरपालिकाको पर्सा चोक र राप्ती नगरपालिकाको भण्डारा चोकमा सांस्कृति संस्थानको आकाश थापा नेतृत्वको टोलीले नाटक महादान प्रदर्शन ग¥यो ।

प्रदेश ३ को काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउपालिकाको आधावात, रोसी गाउँपालिकाको मंगलबाजार र नमोबुद्ध नगरपालिकाको भकुन्डे बजारमा सेलो थियटरको नाट्या टोलीले नाटक देखाएको छ । उनीहरले नेपाली र तामाङ भाषामा नाटक देखाए ।

यस्तै प्रदेश ४को स्याङ्जामा क्रियासिल हाम्रो मझेरी नाट्य समुहले फेदीखोल गाउँपालिकाको फेदीखोला बजार, सेतीदोभान गाउँपालिकाको सेतीदोभन बजार र पुतलीबजार नगरपालिकाको पुतली चोकमा नाटक महादान मञ्चन गरेको निर्देशक टंक टाइगरले जानकारी दिए ।

प्रदेश ५ को अर्घखाची जिल्लास्थित सन्धिखर्क नगरापालिकाको बगैंचा चोक, भुमिस्थान नगरपालिकाको नुवाकोट, क्षेत्रबेद गाउँपालिकाको छत्रगञ्ज र मालारानी गाउँपालिकाको खनदह बजारमा नाटक महादान प्रदर्शन गरिएको सप्तक कला परिषद नाट्य समुहका निर्देशक दामोदर खतिवडाले बताए । यस्तै सरदकुमार नाट्य कला मञ्चले प्रदेश ५ को दाङमास्थित राप्ती गाउँपालिकाको भालुवाङ बजार, गढवा गाउँपालिकाको गढवा चोकमा बिहिबार नाटक महादान प्रदर्शन गर्यो । नेपाली र स्थानियमा प्रचलित दंगाली भाषामा नाटक देखाइएको निर्देशक नरेन्द्र वलीले बताए । प्रदेश ५ को रुपन्देशी जिल्ला पुगेको संस्कृती संस्थानको नाट्य टोलीले बिहिबार बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, तिलोतमा नगरपालिकाको मणीग्राम, देवदह नगरपालिकाको खैरेनी, कोटीहवा गाउपालिकाको कोटीहवा, ओमसत्या गाउपालिकाको करवानी चोक, रोहिणी गाउपालिकाको धक्धैमा नाटक महादान देखाइएको टोली ब्यवस्थापक पबित्र पंगेनीले जानकारी दिइन् ।

यस्तै प्रदेश ५ कै कपिलबस्तु पुगेको श्रृंखला नाट्य समुहको टोलीले कपिलबस्तु नगरपालिकाको नयाँ टोल र मायादेवी गाउँपालिकाको डुमरा बजारमा नाटक महादान प्रर्दशन गरेको छ ।

प्रदेश ६को दैलेख जिल्लाका चामुण्डा विन्द्रासैनी नरपालिकाको चामुण्डा बजार, भैरबी गाउँपालिकाको डाडीमाडी बजार र दुल्लु नगरपालिकाको दुल्लु बजारमा आरंग नाट्य समुहले नाटक देखाएको छ । यस्तै दियालो नाट्य परिवारले बर्दिया जिल्लाको गुलरिया नगरपालिकाको सैलवा तुलसीपुर र बढैया ताल गाउँपालिकाको सितला बजारमा नाटक देखाएको निर्देशक सन्तकुमार बिस्वकर्माले जानकारी दिए ।
प्रदेश ७ को अछाम जिल्लाको कमलबजार नगरपालिकाको कमल बजार, टुर्माखड गाउपालिकाको पुनेपाटा बजार, धकारी गाउँपालिकाको घोराशैनी बजार र मन्चदेव बिनायक नगरपालिकाको पन्चदेव बजारमा नाटक देखाइएको सु.प सांस्कृतिक मञ्चका निर्देशक अनिल रिजालले बताए । लोटक युवा क्लबको नाट्य समूहले बिहिबार प्रदेश ७ कै कञ्चनपुर जिल्ला स्थित महाकाली नगरपालिकाको चाँदनी बजार, भिमदत्त नगरपालिकाको मदनचोक, बेदकोट नगरपालिकाको सिमरा बजार र शुक्लाफाँट नगरपालिकाको झलारी बजारमा बैतडी र डोटेली भाषामा नाटक देखाइएको निर्देशक ज्ञानेन्द्र गिरीले जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू