अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

वाशिङटन डीसीमा हरेक महिना साहित्यिक सँगम हुँदै

बिआरटीनेपाल २०७४ मंसिर १३ गते २३:२० मा प्रकाशित

“वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने कार्य सुरुवात

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डी.सी. मा अब देखी हरेक महिना वाशिङटन डी.सी. साहित्यिक सँगम नामाकरण गरिएको विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ । संसार भर छरिएर रहेको यस संस्थाको सबैभन्दा बढी क्रियाशील अङ्ग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीले यस अघि पनि नियमित कार्यक्रम गर्दै आइरहेको थियो तर अब देखी महिनाको एउटा नियमित कार्यक्रम र त्यसका अलावा अतिरिक्त कार्यक्रमहरू पनि गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद खनालले बताउनुभयो ।

सोही बैठकको निर्णय बमोजिम अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफू अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्बिर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति “वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने निर्णय गरेको र सोका लागि रचना सङ्कलन कार्य सुरु भैसकेको महासचिव भुप नारायण घर्ति मगरले जानकारी गराउनु भएको छ ।

पूर्ण विवरण तल प्रस्तुत छन् :

वाशिङटन डी.सी. साहित्यिक सँगम – सादर निमन्त्रणा !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डी.सी. मा हरेक महिना आयोजना गरिने “वाशिङटन डिसी साहित्यिक सँगम” अन्तर्गत आगामी डिसेम्बर ३० तारिख शनिवार बिहान ११:३० बजे भर्जिनियाको को Manassas अवस्थित Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109) मा वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ ।

उक्त वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो विशेष साहित्यिक कार्यक्रममा अनेसासका आजिबन सदस्यहरू, बोर्ड अफ ट्रस्टीज, केन्द्र, च्याप्टरहरुमा आबद्ध सबै सहित वासिङ्टन डिसी मेट्रो एरियामा बस्नुहुने इच्छुक सबै महानुभाबहरुलाई पनि कविता, गीत, गजल, मुक्तक, वा कुनै पनि प्रकारको साहित्यिक रचना सहित हार्दिक निमन्त्रणा गरिएको छ । रचना हुनेले सुनाउने गरी र रचना नहुनेले सुन्ने गरी आउनुहुन अनुरोध गरिन्छ ।

कृपया उक्त दिनका लागि आ आफ्ना काममा बिदा मिलाउन, क्यालेन्डर मार्क गर्न र सो दिन अर्को कार्यक्रम नजुधाइदिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

उक्त दिन विविध कविता, गजल, गीत, नाच, उखान टुक्का देखि हास्यब्यँगको बहार हुने छ । आउनुस सहभागी हुनुहोस । थप जानकारीका लागि वासिङ्टन डिसी मेट्रो कमिटी महासचिव भुपनारायण घर्तिमगरको ५७१-२१७-६७८२ मा वा पदाधिकारी एवम् सदस्यज्युहरु सँग सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रवेश निःशुल्क

Address:
Bull Run Library
8051 Ashton Ave,
Manassas, VA 20109)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू