अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

निर्वाचनका क्रममा देशमा भइरहेका गम्भीर घटनाप्रति मानव अधिकार आयोगको चिन्ता

बिआरटीनेपाल २०७४ मंसिर १३ गते ९:५१ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले मुलुकका विभिन्न ४५ वटा जिल्लाहरूमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा वृद्धि भइरहेको हिंसात्मक घटनाहरुको अनुगमनबाट पछि दुख ब्यक्त गरेको छ । २०७४ मंसिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विस्फोट हुँदा ७ जना सुरक्षाकर्मी घाईते भएको र म्यादी प्रहरी विनोद चौधरीको उपचारको क्रममा मुत्यु भएको घटनाप्रति आयोग दुःख व्यक्त गर्र्दै मृतकको शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

आयोगले बुधबार जारी गरेको बिज्ञप्तीमा भनिएको छ :-ललितपुरको लगनखेलमा आमसभा नजिकै विस्फोट भएको, उदयपुरमा एम्बुसमा परी उम्मेदवार सहित गम्भीर घाइते भई त्रि.वि. शिक्षण अस्पतालमा उपचार समेत भइरहेको, मोरङ, झापा, बारा, महोत्तरी, सप्तरी, ललितपुर, भक्तपुर, नवलपरासी र गुल्मी लगायतका जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोट र झडपको भएको पाइएको र उम्मेदवारको घरमा विस्फोट गराइएको पाइएकोले तीे घटनाहरुको आयोग भत्र्सना गर्दछ ।

त्यसैगरी, मंङ्सिर १२ गते काठमाडौंको बानेश्वरमा सडक अवरोध गरी आमसभा भएकोले आमनागरिकको आवागमनमा प्रतिकूल असर पर्न गएको आयोगको अनुगमनबाट देखिएको छ ।

निर्वाचनको क्रममा भएका घटनाको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाही गर्न र शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहित रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना गर्न नेपाल सरकारसँंग आयोग आग्रह गर्दछ । साथै निर्वाचनको प्रचारप्रसार र आमसभा गर्दा अन्य व्यक्तिको मानव अधिकारको सम्मान गर्न र संयमित, शान्तिपूर्ण रूपमा निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाई मानव अधिकार सम्मान र संरक्षण गर्न नेपाल सरकार, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षसँग विशेष आग्रह गर्दछ ।

 

प्रतिक्रिया