अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

‘रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल’ कोलोराडोले नयाँ वर्षमा स्मारिका प्रकाशन गर्दै

बिआरटीनेपाल २०७४ मंसिर १० गते ११:१८ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोले आउने नेपाली नयाँ वर्षमा स्मारिका प्रकाशन गर्ने भएको छ । संस्थाका अध्यक्ष विनोद त्रिपाठीका अनुसार रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोको सबै भन्दा पुरानो नेपाली सामाजिक संस्था भएको, यस संस्थाको गरिमा र महत्वलाई झल्काउदै यसको स्थापनादेखि आजसम्मको इतिहाँस, यसले गरेका कार्यहरू, विभिन्न महानुभावहरूले पुर्‍याउनु भएको योगदान आदिको विस्तृत जानकारी सबै सदस्य महानुभावहरू र शुभचिन्तकहरुमा दिने उदेश्यका साथ यो स्मारिका प्रकाशित गर्न लागिएको हो ।

बिआरटी नेपालसंगको कुराकानीका क्रममा अध्यक्ष त्रिपाठीले, ‘आउँदा पिडिले समेत यस संस्थाको बारेमा विशेष जानकारी राखुन भन्ने उद्देश्यका साथ वर्तमान कार्यसमितिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा प्रकाशन हुनेगरी रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको स्मारीका प्रकाशन गर्ने निर्णय गरेको छ ।’

उनका अनुसार उक्त स्मारीका सम्पादन गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा रक्की माउन्टेनका आजीवन सदस्य, साहित्यकार ज्ञानेन्द्र गदाललाई मुख्य सम्पादकको जिम्मेवारी दिइएको छ । त्रिपाठीले यो स्मारिका प्रकाशनमा अमूल्य अनुभव, सल्लाह र सुझाव प्रदान गरी, सहयोग गरिदिन संस्थाको स्थापना देखि संलग्न सबैजना पूर्व पदाधिकारीहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू लगायत सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू