अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

मुगुमा मदिरा खरिद विक्रिमा पूर्ण प्रतिवन्ध

बिआरटीनेपाल २०७४ मंसिर ८ गते ३:२४ मा प्रकाशित

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मुगुमा मदिरा खरिद विक्रिमा प्रतिवन्ध लगाइएको छ । मदिरा बेच विखन र सेवनका कारण अप्रिय घटना हुन सक्ने भन्दै प्रतिवन्ध लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

सोमवार देखि मंसिर १२ गते र मंसिर २१ देखि २५ गतेसम्म मदिरा किनबेचमा पूर्ण प्रतिवन्ध लगाइएको हो । मदिराको प्रयोग नियन्त्रण गर्न जिल्लाभर रहेका सुरक्षा इकाईमा निर्देशन दिई सकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो । निर्णयको उल्लंघन गर्नेलाई हदैसम्मको सजाय दिइने स्थानीय प्रशासनले जनाएको छ । उद्योग वाणिज्य संघले समेत व्यवसायीहरुलाई मदिरा बेचविखन नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू