अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

‘सुदूरपश्चिमको गौरव,शान र आशाको धरोहर प्रधानमन्त्री देउवा’ – डडेल्धुराबासी

बिआरटीनेपाल २०७४ मंसिर ८ गते ३:०९ मा प्रकाशित

अमरगढी नगरपालिका वडा नं. ६ छचोडाका स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवा डँडेल्धुराको मात्र नभई सुदूरपश्चिमकै गौरव,शान र आशाको धरोहर भएकोले जिल्लाका विवेकशील मतदाताले उहाँलाई नै चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको निर्वाचन प्रचार अभियानका सारथि सहित प्रदेश सभाका उम्मेद्वारहरुसंग अमरगढी नगरपालिका –५ छचोडाका स्थानीयहरुले सो कुरा बताएका हुन् ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि क्षेत्र ‘ख’ का उम्मेदवार कर्णबहादुर मल्लको प्रमुख आथित्यतामा सम्पन्न चुनावी कार्यक्रममा सहभागी महिलाहरुले प्रधानमन्त्री देउवाको संगठन शैली र नेतृत्वको कुशलताको प्रशंसा गरेका थिए ।

विकासमा अन्य क्षेत्रभन्दा पछाडि परेको सुदूरपश्चिमलाई नेपालको अन्य भू–भागसंग जोड्ने कामको शुरुआत नै प्रधानमन्त्री देउवाबाट भएको उल्लेख गर्दै स्थानीय महिला र बुद्धिजीवीहरुले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाको कारण सुदूर पश्चिम क्षेत्रको आर्थिक र सामाजिक विकास भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाकै कारण सुदूर पश्चिमेलीहरुको स्वदेशमा मात्रै हैन विदेशमा समेत शान बढेको दावी जिल्लाबासीहरुले गरेका छन् ।

कार्यक्रममा सुदूर पश्चिम र डँडेल्धुराको समग्र विकासका लागि उहाँको विकल्प नभएको बताउदै महिला नेतृ राधा खडकाले छचोडामा सबै समुदायको मिश्रित बस्ती भएको र यहाँका महिलाहरुको उत्थान, युवाहरुको रोजगारीका सवालमा प्रधानमन्त्रीको पार्टी र उम्मेदवारले बिशेष ध्यान दिनु पर्ने धारणा राख्नुभएको थियो ।

यस्तै बिहिवार नै अमरगढी नगरपालिकाको वडा नं. ५ दमडा र अनपा ७ पोखरा धार्मिक पर्यटकिय स्थल शिवकुटीमा सम्पन्न भएको भेटघाट कार्यक्रममा प्रचण्ड केपी प्रधानमन्त्री भएका बेला डडेल्धुराका बाम नेताहरु आफ्नै नेतृत्वसँग भेटको समय मिलाईदिन पनि नेका पार्टी सभापति देउवासमक्ष पुग्ने गरेको बताउदै उनीहरुबाट डडेल्धुराको विकास हुने कुरो हाँस्यास्पद रहेको सहभागीहरुले बताएका थिए।

प्रधानमन्त्री एवम् पार्टी सभापतिबाट जिल्लाबासीहरुले अहिले रोजगारी अभिबृद्धि र अधिक विकासको अपेक्षा राखेका छन् । उनीहरुले सुदूर पश्चिमको भाग्य बदल्न पश्चिम सेती अयोजनाको निर्माणको थालनी गर्न पनि आग्रह गरेका छन् ।

बिहिबार नै डडेल्धुरा प्रदेशसभा (क)का उम्मेदवार रघुवर भट्टले पनि भित्रि मधेशको पर्शुराम नगरपालिका वडा नंं १ र २ का कलेना, सलौन लगायतका स्थानमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरी प्रतिनिधिसभामा प्रधानमन्त्री एवम् पार्टी सभापति र प्रदेशमा आफू सहित समानुपातिकतर्फ पनि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नुभएको छ ।

डँडेल्धुराको प्रचार अभियानमा प्रदेश सभाका उम्मेदवार सहित समानुपातिकका उम्मेद्वार, जिल्ला कार्य समितिका पदाधिकारी एवम् सदस्य र भातृ एवम् शुभेच्छुक संघ संस्थाका पदाधिकारी र सदस्यहरु लगायत सयौ समर्थकहरुको सहभागिता रहने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू