अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

अफगान सेनाको कारबाहीमा १७ तालिबान लडाकू मारिए

बिआरटीनेपाल २०७४ मंसिर ८ गते २:४८ मा प्रकाशित

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ ।

शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ ।

यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।

गतहप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए । सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू