अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

चलचित्र ‘रोमियो एन्ड मुना’ फागुन ११ गतेबाट देशभर

बिआरटीनेपाल २०७४ मंसिर ८ गते २:३९ मा प्रकाशित

नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका चलचित्र ‘रोमियो एन्ड मुना’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।चलचित्र अब फागुन ११ गतेबाट रिलिज हुने बताइएको छ।

चलचित्रको छायाँकन सकेर हामी प्रदर्शनको लागि तयार भएका हौं’, निर्माता गोपालीले भने, ‘केही दिनमै चलचित्रको डविङ र कलर करेक्सन सुरु हुनेछ ।’ चलचित्रको छायाँकन धरान र राजधानीमा गरिएको हो । युवावर्ग लक्षित ‘रोमियो एण्ड मुना’को कथा, संवाद र लेखन निर्देशक केसीकै हो ।

चलचित्रमा शहरका यूवा र ग्रामिण भेगका यूवतीविचको प्रेम कथालाई उतारिएको बताइएको छ। चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत रहेको छ ।

प्रतिक्रिया