अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

गोप्य प्रतिवेदन भन्छ :- रसुवामा ५२ सय बढी मतले लोकतान्त्रिक गठबन्धन अगाडि

बिआरटीनेपाल २०७४ मंसिर ७ गते १०:०७ मा प्रकाशित

रसुवा । निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न निकायले गोप्य रूपमा गरेका सर्वेक्षणका प्रतिवेदन सार्वजनिक हुन थालेको छ । हालै पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको निर्वाचन पूर्वानुमान सम्बन्धी एक अनुसन्धान प्रतिवेदनको नतिजा बाहिरिएको छ । सुरक्षा निकाय र विभिन्न जिल्लाका स्थानीय प्राध्यापकहरुको संलग्नतामा तयार गरिएको प्रतिवेदनअनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र वामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिवेदनमा वामगठन्धन र नेपाली कांग्रेसबीच ३७ सिटमा २०–१७ वा १७–२० को सम्भावना रहेको प्रस्ट उल्लेख छ । प्रतिवेदनमा लोकतान्त्रिक गठबन्धनका लागि रसुवा सबैभन्दा सुरक्षित देखिएको छ । रसुवामा लोकतान्त्रिक गठबन्धनले मोहन आचार्य र वामगठबन्धनले जर्नादन ढकाललाई उम्मेदवार बनाएका छन् ।

गोप्य राखिएको ३२ जिल्लाको निर्वाचन पूर्वानुमान सम्बन्धी प्रतिवेदनमा रसुवामा लोकतान्त्रिक गठबन्धन ५२ सय देखि ७७ सय सम्मको मतान्तरले विजयी हुने देखिएको छ । रसुवाका विभिन्न क्षेत्रका ३ सय बढी मतदातामा भएको सर्भेमा १ सय ६६ जना लोकतान्त्रिक गठबन्धन , १ सय ३ जना वाम गठबन्धन र बाँकीले अन्यलाई मतादान गर्ने देखिएको । स्रोतका अनुसार रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यको बलियो प्रभाव देखिएको छ ।

विभिन्न सुरक्षा निकाय हु्ँदै राजनीतिक दलका नेतासम्म पुगिसकेको प्रतिवेदनमा रसुवा, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक , धादिंग लगायतका जिल्लामा लोकतान्त्रिक गठबन्धन बलियो रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू