अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

एकदलीय कम्युनिष्ट व्यवस्था जनतालाई स्वीकार्य छैन – वरिष्ठ नेता रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७४ मंसिर ६ गते ६:५० मा प्रकाशित

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्रले संसदीय व्यवस्था स्वीकार्ने शक्तिले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको बताउनुभएको छ ।नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले आज खत्रिठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले बाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न खोजेको आरोप लगाउनुभएको छ ।

“महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन”–वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग देश र जनताको माया नभएको बताउनुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वाबलम्वन बनाउन चाहेको उहाँको भनाई थियो । उहाँले संसदीय प्रणालीलाई व्यवस्थालाई वेवास्था गर्ने र एकदल लाद्नखोज्ने एमालेलाई जनताले धुलो चटाउने बताउनुभयो । संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई जनताले स्वीकार्न नसक्ने पौडेलले बताउनुभयो ।

उहाँले राष्ट्रलाई बलियो र उन्नति गर्ने राजनीतिक सिद्धान्त, नैतिक मूल्य र मान्यता भएको पार्टी चाहिएको र अहिले काँग्रेस मात्रै त्यस्तो पार्टी देखिएको भन्दै काँग्रेसविनाको मुलुक  कल्पना गर्न नसकिने बताउनुभयो । “बहुदलीय पद्धतिमा आएको कम्युनिष्ट फेरी एक भएर मुलुकमा तानाशाह जन्माउन खोज्दैछ, यसलाई रोक्नका लागि भएपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ,”– नेता पौडेलले भन्नुभयो ।

उहाँले मुलुकका हरेक परिवर्तन नेतृत्व काँग्रेसले गरेको भन्दै अब सम्बृद्ध राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने बताउनुभयो । नेता पौडेलले काँग्रेसहरु एक भए देशभर काँग्रेसको बहुमत आउने एक भएर निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लमजुङको विकास काँग्रेसले गरेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले दश वर्षे द्धन्द्धकालमा कम्युनिटले गरेको व्यवहार हेरेर मतदान गर्न जनतालाई आग्रह गर्नुभयो ।

नेता भट्टराईले काँग्रेसले विकास गरेन भन्नेलाई आफै विकास गरेर देखाउन चुनौती दिनुभयो । उहाँले काँग्रेसले वृद्धभत्तालाई काँग्रेसले पाँच हजार पुराउने बताउनुभयो ।

नेपाली काँग्रेस लमजुङ प्रतिनिधि सभाका उम्मेद्वार दिलबहादुर घर्तीले कम्युनिष्ट शासन हटाएर देश विकास गर्नु काँग्रेसको अभियान भएको बताउनुभएको छ ।

नेता घर्तीले मुलुकमा लोकतन्त्रको विकल्प नभएको बताउनुभयो । “हत्या हिंशा रोक्नु, गरिबलाई धनी बनाउनु, आर्थिक सम्बृद्धि बनाउनु अबको मुख्य लक्ष्य हो,”– उहाँले भन्नुभयो ।

लमजुङको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताउनुभयो । “काँग्रेसले जितेमात्र लमजुङको विकास हुन्छ,”– उहाँले भन्नुभयो । उहाँले विकासप्रेमी नेतालाई भोट दिने कि विध्वंशकारी शक्तिलाई भोट दिने जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागिपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । “यस क्षेत्रको विकास मेरो जिम्मेवारी हो,”– उहाँले भन्नुभयो । उहाँले लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो । “बाम गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेका छन्, त्यसैले पनि काँग्रेसको विजय गराउनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, राप्रपाका सहमहामन्त्री हेमजंग गुरुङलगायतले लमजुङ जिल्लालाई काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू