अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

एएनएमा नयाँ महासचिव तथा बोर्ड मेम्बर मनोनीत- महासचिवमा टेक्सासका विजय भट्टराई

बिआरटीनेपाल २०७४ मंसिर ५ गते १२:३२ मा प्रकाशित

असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) ले आफ्नो कार्यकारिणी समिति को केही महत्त्वपूर्ण पदहरुमा नयाँ मनोनयन गरेको छ। संस्थाको एक प्रमुख पद महासचिवमा ड्यालस टेक्ससका विजयराज भट्टराई मनोनीत भएका छन् भने बोर्ड मेम्बरमा भर्जिनियाका अरुण रुपाखेती, नोर्थ क्यारोलिना डिजे गोर्खालीका नामले चिनिने शैलेन्द्र के सी र मेरिल्याण्डकी अनु वन्त मनोनीत भएकी छन् ।

सम्पूर्ण मनोनीत व्यक्तित्वहरु अमेरिकाका विभिन्न नेपाली सङ्घ संस्थाहरूमा समाजसेवाको लामो इतिहास बनाइसकेका हुन ।

महासचिव पदका भट्टराईले नेपाली समाज टेक्सासमा लामो समय सक्रिय रूपमा कार्य गरेका थिए । एनआरएनद्वारा अमेरिकामा रहेका नेपालीहरूको तथ्याङ्क निकाल्न बनाइएको केन्द्रीय कमिटीमा रहेर उनले गत वर्ष अमेरिकामा रहेका नेपालीको तथ्याङ्क समेत एनआर एन का तर्फबाट प्रस्तुत गरेका थिए । भट्टराईले यस अघि एएनए कै उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनले टेक्सस नेपाली समाजद्वारा सञ्चालित स्कुलको दुई वर्ष इन्चार्ज तथा दुई वर्ष प्रिन्सिपलको रूपमा काम गरेर समाज सेवा प्रतिको लगावमा उदाहरणीय छन् टेक्सासमा ।

त्यसै गरी भर्जिनियाका अरुण रुपाखेती डिसी मेट्रो नेपाली समाजका संस्थापक अध्यक्ष हुन् । लामो सामाजिक सेवाको उनको इतिहास रहेको छ। त्यसै गरी डिजे गोर्खाली पहिलो नेपाली डिजेका रूपमा अमेरिकामा परिचित छन्। युवाहरुका माझ निकै लोकप्रिय उनी नाशिया संस्थासँग धेरै नजिक रहेर सामाजिक सेवामा कार्यरत छन् ।

अर्की बोर्ड अफ डाइरेक्टरमा अनु वन्त मनोनीत भएकी छन् । उनी हालै सम्पन्न बाल्टिमोर नेपाली असोशिएसन (बाना) की निर्वाचित अध्यक्ष हुन्। मेरिल्याण्ड, बाल्टिमोर क्षेत्रलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा अघि बढेकी उनी अहिले उत्तरी अमेरिकामा नै अगुवा महिला नेतृत्वमा गनिन्छिन।

सन १९८३ मा स्थापना भएको ए.एन.ए.उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो अमेरिकाज क्षेत्रको संस्था हो । यसले अमेरिका तथा क्यानडा दुवै मुलुकमा नेपालीहरूको प्रतिनिधित्व गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू