अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउँदा ह्रदयघात भएका पूर्व सांसद खुसीराम पाख्रिनको निधन

बिआरटीनेपाल २०७४ मंसिर ५ गते ६:२४ मा प्रकाशित

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं गायक खुसीराम पाख्रिनको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउने क्रममा हृदयघात भएर ढलेका पाख्रिनको निधन भएको हो ।

पूर्व सांसद खुसीराम पाख्रिन चितवन आयोजित बामगठबन्धनको चुनावसभा तथा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढले ।

अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालले उनको मृत्युको आधिकारिक जानकारी दिन बाँकी छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू