अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

युट्युब ट्रेण्डिङ नम्बर १ मा ‘लुट २’

बिआरटीनेपाल २०७४ मंसिर ५ गते १:३२ मा प्रकाशित

निश्चल बस्नेतको निर्देशन तथा माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको c ‘लुट २’ युट्युबमा रिलिज भएसँगै हिट भएको छ । शुक्रबार सार्वजनिक भएको यो सिनेमा अहिले युट्युब नेपाली संस्करणको ट्रेण्डिङ नम्बर एकमा परेको छ भने यो समाचार तयार पार्दासम्म करिव २० लाखको हाराराहिमा  हेरिएको छ । सिनेमामा दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, सौगात मल्ल, कर्मा शाक्य, एलिशा राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

कार्तिकको अन्तिम तिर यो सिनेमा पाईरेसीको चपेटामा परेको थियो । सामाजिक सञ्जाल फेसबुकबाट सिनेमा लिक भएपछि निर्माण पक्ष तनावमा थियो । यहि कारण पनि युट्युबमा छिटो अपलोडगरेको बुझिएको छ । युट्युब च्यानल हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको यस सिनेमालाई निर्देशक बस्नेतले नै लेखेका हुन् ।

प्रतिक्रिया