अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

जिते राज यादव बने अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको विजेता

बिआरटीनेपाल २०७४ मंसिर ४ गते ६:५२ मा प्रकाशित

अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि जिते राज यादवले जितेका छन् l पुर्बाञ्चलको विभिन्न सहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो l त्यसै गरी फर्स्ट रनरअप सुष्मिता अधिकारी, सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादव विजेता बन्न सफल भएका थिए l

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिएर उनीहरूको आत्मा विश्वासलाई अझ मजबुत बनाइ उनीहरू को आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक डेभिल सिंह राजपुतले बताए l

विजेता जिते राज यादबलाइ नगद रु-२५,००० सहित ट्रफी प्रदान गरिएको थियो l अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ अन्तिम प्रतिश्प्रधामा मोडल सञ्जय राज विक्रम, रन्जना न्यौपाने सिंह र प्रसान्त गौतम निर्णायक मण्डलीमा रहेर विजेता घोषणा गरेका थिए भने प्रमुख अतिथिमा प्रहरी उपरिक्षक चक्र बहादुर सिंह रहेका थिए l

कोरियोग्राफर रब्स सापकोटाले कोरियोग्राफ्री गरेको “अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७” सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो l युनिभर्सल जुम इन्टरटेन्मेण्टले व्यवस्थापन गरेको यस सौन्दर्य प्रतियोगिताको इभेन्ट डाइरेक्टर सागर श्रेष्ठ थिए भने ईभेण्ट संयोजकमा रबिन अधिकारी रहेका थिए l कार्यक्रमको सञ्चालन आर्जे भिजे रन्जीत पौडेल गरेका थिए l यस सौन्दर्य प्रतियोगितामा विजेता बन्न सफलहरु भविष्यमा अन्य क्षेत्रमा तथा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताएका छन् l

प्रतिक्रिया