अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

प्रचण्डपुत्र प्रकाश दाहालको निधनले दुःखी छौँ – पूर्व मन्त्री इस्तियाक राई

बिआरटीनेपाल २०७४ मंसिर ३ गते ९:३४ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालका क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राई तथा संघीय समाजवादी फोरम नेपाल बाँकेले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका बाँके जिल्लाअध्यक्ष कमरुद्दिन राई र उम्मेदवार राईले आइतबार शोक वक्तव्य निकालेर दाहालको असामयिक निधनप्रति आफू र सिङ्गो पार्टीपंक्ति दुःखी भएको जनाएका हुन् ।

‘उहाँ पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरामात्रै नभई माओवादीका एक कुशल र इमान्दार युवा नेतासमेत हुनुहुन्थ्यो’ विज्ञप्तीमा भनिएका छ ।

‘उहाँको असामयिक निधनप्रति हामी अत्यन्तै दुःखित अनि मर्माहतसमेत भएका छौँ र दुःखको यो घडीमा प्रचण्ड परिवारलाई धैर्यधारण गर्ने शक्ति र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौँ ।’

प्रचण्डपुत्र दाहालको हृदयघातका कारण आइतबार बिहान काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू