अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

दमननाथलाई सम्मान र एमालेलाई मतदान- पूर्व मन्त्री महेश बस्नेत

बिआरटीनेपाल २०७४ मंसिर ३ गते ३:०९ मा प्रकाशित

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई भक्तपुरका जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने बताउनुभएको छ ।
रफत सञ्चार क्बल भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा उहाँले भक्तपुरका जनताले स्थानीय जनतासँग घुलमिल हुँदै आएको तथा विकास निर्माणको अग्रणी भूमिका खेलेकाले आफूलाई मतदान गर्ने दाबी गर्नुभयो । उहाँले काँग्रेस उम्मेदवार ढुङ्गाना अहिले काँग्रेस कार्यकर्तासँगै नै परिचय गरिरहनु परेको भन्दै निर्वाचन एमालेले जित्ने स्पष्ट गर्नुभयो ।

अहिले भक्तपुरमा नेमकिपाले कुनै पनि हालतमा काँग्रेसलाई मतदान नगर्ने भन्दै काँग्रेस आत्तिएर नेमकिपासँग हारगुहार गरेको आरोप बस्नेतले लगाउनुभयो ।

घरदैलो अभियानका क्रममा एमालेले पैसा बाडेको आरोपको खण्डन गर्दै उहाँले एमालेले पैसा बाडेर निर्वाचन जित्न नपर्ने बस्नेतको भनाइ छ । आफू निर्वाचित भईसकेपछि भक्तपुरलाई सिंहदवारसँग जोड्ने भन्दै उहाँले एमालेलाई विजय गराउन सबैलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क का उम्मेदवार शशीजंग थापाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि ३ नं. प्रदेशसभाको राजधानी भक्तपुरमा राख्न पहल गर्ने दाबी गर्नुभयो । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ख का उम्मेदवार रोमन शिलाकारले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू