अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

मेरो देश एक झलक

मोहन सिटौला २०७४ मंसिर १ गते २३:५९ मा प्रकाशित

नेपालको प्रकृतिको मृदु चित्र भित्र
पाइन्छ देख्न छवि सुन्दरको विचित्र
यस्तो छ उच्च महिमा कविको कलाको
माता प्रकृति परिको कल कल्पनाको

संस्कार संस्कृति यहाँ इतिहास लामो
सुसभ्यता विविध उच्च, कथा पुरानो
कृयाकलाप गरिमा महिमा फुलेको
नेपाल पुष्प सरि सुन्दर भव्य फुुल्दो

आए विभिन्न कटु काल घमण्ड स्वार्थ
कुशासकै विविध पार्टी उजण्ड नेता
नेता र पार्टी सव अन्ध पराइ भक्त
भएर नाश गरदै निज मातृभूमि
धोका दिए सकल स्वच्छ नेपालीलाई
नेपालको प्रकृति संस्कृति रुन्छ हाई !

अ‍ैले छ फेरि जनजागृतिमा नेपाल
नेता समेत अब देश सपारूँ चाल
भनेर स्वच्छ नीतिमा सब लाम लागे
भागे कुकर्मी, जनघाती छिमेकी तर्से
नेपाललाई अब सकिन्न भनेर हच्के
पसे सप्रेम, मृदु सोच र स्वच्छ मित्र ।