अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

सगुनको मिनि आइपिओबाट ३२ करोड भन्दा बढी सङ्कलन

बिआरटीनेपाल २०७४ मंसिर १ गते ११:३८ मा प्रकाशित

सामाजिक सञ्जाल सगुनले मिनी आइपिओबाट हालसम्म ३२ लाख अमेरिकी डलर अर्थात् करिब ३२ करोड रुपैयाँ सङ्कलन भैसकेको छ। यही नोभेम्बर ३० तारिख सम्मका लागि शेयर खुल्ला रहेकोले दैनिक शेयर लगानी थपिने क्रम बढ्दो छ। विदेशमा बस्ने नेपालीहरूले सगुनमा शेयर लगानी गरेर यसका उत्पादन र सेवा विस्तारमा हिस्सा लिएका छन्।

फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालले प्रयोगकर्तालाई कनेक्ट र शेयरको मौका दिएका छन्। त्योभन्दा अगाडि बढेर सगुनले आफ्ना प्रयोगकर्तालाई ‘अर्न’ अर्थात् कमाइ गर्ने अवसर समेत थप्दैछ। सगुनको नारा नै छ– कनेक्ट–शेयर–अर्न।

हाल सगुनका १० लाख बढी प्रयोगकर्ता छन्। संख्यात्मक र गुणात्मक रूपमा सगुनका प्रयोगकर्ता बढाउन हाम्रो मुख्य ध्यानहुनेछ। सगुनको मोबाइल एप आगामी महिना सार्वजनिक हुँदैछ भने सोसल स्मार्ट कार्डको लागि समेत कामभैरहेको छ।

गुगल, आइबिएम, पेटिएम, जोम्याट जस्ता कम्पनीमा काम गरिसकेका अनुभवीसहित ४० भन्दा बढी कर्मचारी सगुनमा कार्यरत छन्। उनीहरू मोबाइल एप र सोसल स्मार्ट कार्डलाई अन्तिम रूप दिन प्रयासरत छन्।

सगुनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरी भन्नुहुन्छ–
‘सगुनलाई प्राप्त भएको लगानी, विश्वास र उत्प्रेरणाले हामी निकै उत्साही र गौरवान्वित छौँ।’
‘उत्कृष्ट सञ्जाल बनाउने हाम्रो अभियानमा विश्वभरीबाट लगानीकर्ताले सहयोग गर्नु भएको छ। विश्वभरका उपभोक्ताहरुको चासो र आवश्यकता सम्बोधन गर्ने उत्कृष्ट प्लेटफर्म बनाउन हामी मेहनत गरिरहेका छौँ।’
‘आम प्रयोगकर्तालाई आपसमा जोड्ने मात्रै हैन लगानी भएको समयबाट आम्दानी पनि गर्न सक्ने सामाजिक इकमर्स साइटको रूपमा सगुन उत्कृष्ट ठहरिनेछ।’
‘अहिले चल्तीमा रहेका सामाजिक सञ्जालमा उपलब्ध सेवा सुविधाबाट असन्तुष्ट उपभोक्ताको जमात ठुलो छ। हाम्रो प्राविधिक टिम विश्वभरका उपभोक्ताको खाँचो पूरा गर्ने र सबैको मन जित्ने तयारीमा छ।’

अमेरिकी कानुन ए प्लस अन्तर्गत नियामक निकायको अनुमतिमा सगुनले सन् २०१७ को सुरुआतमा प्रतिशेयर २३ डलरका दरले ३०० मा साधारण सेयर निष्कासन सुरु गरेको थियो। अहिले खुलेको दोस्रो चरणमा भने कम्तीमा १ हजार डलर लगानीको प्रावधान राखिएको छ। जसमा करिब ४३ किक्ता शेयर खरिदकर्ताले पाउनेछन् । लगानीकर्ताले वार्षिक आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न सक्नेछन ।

पहिलो चरणमा विश्वभरबाट २ हजार बढी लगानीकर्ताले शेयरमा लगानी गरेका थिए। अहिले खुलेको दोस्रो चरणमा अमेरिकन कम्पनीमा लगानी गर्न पाउने देशहरुबाट यही नोभेम्बर ३० तारिखसम्म लगानी खुल्ला रहने छ।

सगुनका प्रयोगकर्ताले स्ट्याटस पोस्ट गर्दा, म्यासेज गर्दा वा पोस्ट शेयर गर्दा आर्थिक लाभ लिन सक्नेछन्। त्यसका लागि सोसल स्मार्ट कार्ड सार्वजनिक गर्ने तयारीमा सगुन जुटेको छ।आफ्नो कामाईको केही हिस्सा आफ्ना प्रयोगकर्तालाई बाँड्ने सगुनको योजना रहेको छ। प्रयोगकर्तालाई लाभांश बाँड्ने योजनासहित आएको सामाजिक सञ्जाल सगुन नै पहिलो हो।

सोसल मिडियामा सगुनले नयाँ सुरुवात गर्नेछ। अहिले स्थापित जतिपनि अमेरिकाबाट सञ्चालित सामाजिक संजालहरु छन् ती इकमर्शका लागि स्थापित हैनन्। प्रयोगकर्ता र बिक्रेताबीच सामाजिक सञ्जालमार्फत किनबेच बर्जित छ। प्रयोगकर्ताहरु ती सञ्जालका आम्दानीका स्रोत भए पनि उनीहरूले त्यसको हिस्सा पाउँदैनन्।

राम्रो सम्भावना बोकेका कम्पनीलाई अमेरिकाको नियम अनुसार शेयर जारी गरेर लगानी जुटाउने स्वीकृति प्राप्त हुन्छ। सगुन यो स्वीकृति पाएको कम्पनी हो जसमा थोरै पुँजी भएका सर्वसाधारण समेत शेयरमा हिस्सेदार बन्ने मौका पाउँछन्। यही व्यवस्था अनुसार सगुनले विश्वभरबाट व्यक्तिगत र संस्थागत लगानीका लागि शेयर खुल्ला गरेको छ। लगानी गर्न चाहनेहरुले आगामी नोभेम्बर ३० तारिखसम्म सगुनको वेबसाइट http://www.sagoon.com/invest मा गएर क्रेडिट÷डेविड कार्डमार्फत पनि लगानी गर्न सक्नेछन्।

प्रतिक्रिया