अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

धनी अमेरिकीहरुलाई मात्र फाइदा पुग्ने भन्दै डेमोक्र्याटबाट विरोध

बिआरटीनेपाल २०७४ मंसिर १ गते ४:५२ मा प्रकाशित

हाउस रिपब्लिकनले कर्पोरेट कर घटाउने एउटा विवादास्पद कर विधेयक पारित गरेका छन् । कर प्रणालीमा सुधार गर्ने योजना भन्दै उक्त विधेयक पारित गरिएको हो ।

उक्त विधेयकको पक्षमा समर्थन जुटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसमा दुर्लभ उपस्थिति जनाएका थिए । उता सिनेटले भने सबैको समर्थन जुटाउन छुट्टै विधेयक तयार गरिरहेको छ जसमा एक जना रिपब्लिकनले असहमति जनाइसकेका छन् ।

रिपब्लिकनको कर सुधार योजनामा डेमोक्र्याटहरुले कडा विरोध गरिहेका छन् । उनीहरुले यसले धनी अमेरिकीलाई फाइदा पुग्ने भन्दै विरोध गरिरहेका हुन् । रिपब्लिकनहरुले भने १९८६ देखि कर प्रणालीमा सुधार गर्ने प्रयास गर्दै आएका थिए । उनीहरुले यो सुधार योजना पार्टी र राष्ट्रपतिका लागि जटिल परीक्षाका रुपमा लिएका छन् ।

रिपब्लिकनहरुले वर्षौंदेखि प्रयास गरिरहेका भएपनि ट्रम्प राष्ट्रपति नभएसम्म ह्वाइट हाउसको समर्थन नभएकाले उक्त कर सुधार योजना लागु हुन सकेको थिएन । ट्रम्पले भने उक्त कर सुधार योजनालाई ‘क्रिस्मसको ठूलो र सुन्दर’ उपहार भनेका छन् ।

कर विधेयक २०५ डेमोक्र्याटहरु विरुद्ध २२७ रिपब्लिकनहरुको बहुमतले पारित गरेको हो । यद्यपि १३ रिपब्लिकनले विधेयकको विरुद्ध भोट गरे । रिपब्लिकनहरुको नेतृत्व गर्ने पउल रायनले विधेयक पारित भएको दिनलाई ‘ऐतिहासिक दिन’ भनेका छन् । ह्वाइट हाउसले यसलाई ‘ठूलो कदम’ भनेको छ ।

‘हाम्रो पहुँचमा भएको एउटा सामान्य, तटस्थ र प्रतिस्पर्धात्मक कर ब्यबस्था जसले हाम्रो अर्थतन्त्र तीब्र गतिमा बढाउँछ’ प्रेस सचिवले वक्तव्यमार्फत भनेका छन्, ‘अबको समय त्यसलाई लागू गर्ने हो ।’

विश्लेषकहरु सिनेटमा पनि रिपब्लिकनले विधेयक डेमोक्र्याटहरुको भोट बिनै पारित गर्न सक्ने बताउँछन् । उनीहरुको विचारमा दुवै विधेयक पछि संयोजन हुन सक्छ । तर, रिपब्लिकनहरुले रिपब्लिकनबाटै उक्त कर विधेयकमा विरोधको सामाना गरिरहेका छन् । यो विरोधले विधेयक समस्यामा पार्ने संभावना पनि छ ।’ डेमोक्र्याटको समर्थन नभए सिनेटले २ जना रिपब्किलनको मत गुमाउँछ । विस्कन्सिनका सिनेटर रोन जनसनले बुधबार भनेका छन—म विधेयकलाई किन समर्थन गर्दिन भने यसले साना ब्यबसायीलाई फाइदा पुग्दैन ।

रिपब्लिकनहरु कर्पोरेट कर मोटामोटी ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने योजनामा छन् । त्यस्तै उनीहरु विदेशमा रहेका अमेरिकी कम्पनीलाई कसरि कर लगाउने भन्ने विषयमा उनीहरु सुधार गर्न चहान्छन् । योजनामा व्यक्ति र परिवारलाई लगाइने कर कसरि घटाउने भन्ने विषय पनि छ । योजनाका समर्थकहरु करमा राहत दिँदा आर्थिक वृद्धि हुने बताउँछन् ।

रिपब्लिकनहरु सुधार योजना लागु भए ४ जना सदस्य भएको एउटा परिवारले एक हजार १ सय ८२ डरल राहत पाउँछन् । तर, आलोचकहरुका अनुसार यो योजनाबाट सबैभन्दा धेरै फाइदा धनीलाई पुग्ने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू