अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

संस्थाको हितको लागि एकजुट हुन (नासा) अध्यक्ष ढकालको आग्रह

बिआरटीनेपाल २०७४ मंसिर १ गते १:४७ मा प्रकाशित

नेपलिज् एसोसियसन इन साउथ ईष्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी सस्थाको बृहत्तर हितका लागि सम्पूर्ण नासा क्षेत्रका सदस्यहरूलाई एकजुट हुन आग्रह गर्नु भएको छ । नासा/ अन्मा १३ औँ सम्मेलनमा भएको अकल्पनीय र दुर्भाग्यपूर्ण घटनाले नासाको गरिमा र प्रतिष्ठामा आँच पुगेकोले कार्यसमितिको पूर्ण बैठकले विधान अनुसार बहुमत सदस्यहरुद्वारा मतदानको आधारमा दोषी माथि संस्थागत कारबाही गरिएको कुरा ढकालले बताउनु भएको छ ।

नासाका निवर्तमान अध्यक्ष बिमल नेपाल र पुर्वअध्यक्ष प्रकाश मल्ललाई सम्बोधन गर्दै उहाँले नासाको करिब चार ओटा बैठक यसै विषयमा केन्द्रित रहेर गर्नु परेको , आरोपित सुशील नेपाललाई पटक पटक स्पष्टीकरणको लागि समय दिएर अन्त्यमा सबैको सुनुवाइ पछि संस्थाले संस्थागत निर्णय लिन बाध्य भएकोले एस विषयमा बढी टिका टिप्पणी नगर्न हुन सबैलाई अनुरोध गर्नु भएको छ । नासाका केही पुर्वअध्यक्षहरुले पुनस्थापना गर्न दिएको सुझाव र दबाबलाई सम्बोधन गर्दै उहाँले नासाको सम्मानित कार्यसमितिको बैठकले गरिसकेको निर्णय आफूले स्वीकृत गरी निर्णय पुस्तिकामा समेत लेखन भैसकेको जानकारी गराउदै यस विषय लाई आगामी दिनमा उठान नगर्न सबैलाई अनुरोध समेत गर्नु भएको छ ।

उहाँले समय धेरै अगाडी बढिसकेको वर्तमान सन्दर्भमा असल र राम्रा कामका लागि हातेमालो गर्न समेत अनुरोध गरेका छन् । नेपाली समुदायमा नासाको छवि सधैँ उज्यालो राख्न सबै मिलि उत्कृष्ट काम गर्नु पर्ने आजको आवश्यकता रहेको ढकालले औल्याउनु भयो । उहाँले पत्रको अन्त्यमा सबैलाई सकारात्मक सोच र योजना लिएर अघि बढ्न अनुरोध गर्दै पुराना कुरामा मात्र समय बर्वादी गर्न लाग्यौ भने हामी गन्तव्यमा पुग्न नसक्ने र हाम्रो कारण संस्थाको २५ बर्से गरिमा समेत ओझेलमा पर्ने कुरा बताउनु भएको छ । समाजमा दुर्भाग्यपूर्ण भएको कुनै पनि घटनाको असरलाई छाँयामा पार्ने एक मात्र विकल्प भनेको उदाहरनिय सामाजिक क्रियाकलाप नै रहेको धारणा समेत व्यक्त गर्नुभएको छ ।

नासाको नयाँ कार्यकारी समितिको हस्तान्तरण तथा विशेष बैठक हालै मात्र एटलान्टास्थित एक स्थानीय नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको थियो । सो बैठकमा विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू