अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

कांग्रेस नेता रामशरण महतमहलाई लक्षित गरि नुवाकोटमा बम प्रहार – ४ कार्यकर्ता घाईते

बिआरटीनेपाल २०७४ मंसिर १ गते ०:२६ मा प्रकाशित

नुवाकोटका प्रतिनिधिसभा १ सदस्यका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका नेता डा.रामशरण महतमहतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा बम आक्रमण भएको छ । ककनी–५, काउलेथामा आज बिहान १० बजेर १५ मिनेटको आसपासमा वम आक्रमण गरिएको हो ।

ककनीबाट चतुरालेतर्फ जाँदै गर्दा भएको सो बम आक्रमणमा ४ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । घाइते हुने उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर रहेका छन् ।

बम आक्रमणबाट कांग्रेस कार्यकर्ता चढेको जीप ध्वस्त भएको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

 

 

 

 

तस्वीर स्रोत: रमेशकुमार महतको फेसबुक

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू