अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

रहेनन् अव नेपालका होचा कलाकार दिपेन शाह

बिआरटीनेपाल २०७४ कार्तिक ३० गते ३:३८ मा प्रकाशित

होचा कलाकार दिपेन शाहको निधन भएको छ । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार शाहको १९ बर्षको उमेरमा राजधानिको कृस्ट हस्पिटलमा आज बिहान ७ :३० बजे निधन भएको हो ।

केही वर्षयता बोनम्यारो रोगबाट पीडित कलाकार शाहलाई ४ दिन देखी आईसियुमा राखिएको थियो तर उनले सधैंका लागि संसार छोडेका छन् । महादेव त्रिपाठीको चलचित्र जादुगर २ जोकरमा दिपेन शाह नायकको भुमिकामा देखिएका छन् । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार शाह ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए। ४ सन्तान मध्यका कान्छा छोरा दिपेन ३१ इन्च मात्र अग्ला थिए ।
बोनम्यारो रोगको उपचारका लागि उनलाई ४० लाख रुपैंयाको आवश्यकता थियो । कमजोर आर्थिक अवस्थाका शाहलाई पहिल्लो समय कलाकार महादेव त्रिपाठीले बिभिन्न कार्यक्रममा संगै लिएर हिड्ने गर्थे । दिपेनले थुप्रै म्युजिक भिडियो, टेलिचलचित्र र केही चलचित्रमा समेत अभिनय गरेका छन् ।

 

प्रतिक्रिया