अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

एभरेष्ट सूर्य बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘भैरे’को शुभ मुहुर्त

बिआरटीनेपाल २०७४ कार्तिक ३० गते २:३६ मा प्रकाशित

चलचित्र क्षेत्रमा बलियो निर्देशकिय छवि बनाएका निर्देशक तथा कलाकार एभरेष्ट सूर्य बोहोराको लेखन तथा निर्देशनमा निमार्ण हुन लागेको चलचित्र भैरेको शुभ मुहुर्त गरिएको छ । २२ बर्षको उमेरदेखी नेपाली कलाकारिताका क्षेत्रमा सक्रिय अनुभवि र सफल निर्देशक बोहोराको निर्देशनमा बन्न लागेको चलचित्र ‘भैरे’को बिहिबार राजधानिमा पत्रकार सम्मेलन गरि शुभारम्भ गरिएको हो ।

आउँदो मंसिर ४ गतेबाट छायाँकन सुरु गरिने चलचित्र भैरेको छायांकन काठमाडौं, पोखरा, जोमसोम, अपर मुस्ताङ लगायतका स्थानहरुमा हुनेछ । चलचित्रमा भैरेको भुमिकामा दयाहाङ राई रहने छन् भने सुरक्षा पन्तलाई उनको जोडीका रुपमा देख्न पाईने छ । नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतीमा निमार्ण हुन लागेको यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), बिक्रान्त बस्नेत, बर्षा शिवाकोटी, बुद्धि तामागं (हैट) जयनन्द लामा, सबिता गुरुङ, जानबी बोहोरा, कुमारी लामा लगायतका कलाकारहरु मुख्य भुमिकामा रहने छन् भने बालकराकारका अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायताको पनि आभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, बसन्त सापकोटा, अर्जुन पोख्रेल र यम बरालको संगीत रहने छ । प्रेम प्रसाद पौडेल निर्माता रहेको भैरेमा यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका भने सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ । पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको चलचित्रको छायांकन अवधि ४० दिन रहने र आगामी तिजमा चलचित्र प्रदर्शनमा आउने जानकारी चलचित्र युनिटले दिएको छ ।

कार्यक्रमका लेखक तथा निर्देशक एभरेष्ट सूर्य बोहोरा, कलाकारहरु दयाहाङ राई सुरक्षा पन्त र बर्षा शिवाकोटीले ‘भैरे’को कथाबस्तु अत्यन्त राम्रो रहेको र दर्शकको चाहना अनुरुपको चलचित्रको निर्माण हुन लागेको जानकारी दिए  ।

शंखध्वनिका साथ दिप प्रज्वलन र पुजापाठ गरि आरम्भ गरिएको चलचित्र ‘भैरे’को शुभमुहुर्त समारोहमा रामकेशर बोगटी, रबिन्द्र खड्का, निर्मल शर्मा, पार्वती अधिकारी लगायकाका नयाँ तथा पुराना कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

चलचित्र अग्नी परिक्षाबाट निर्देशकिय यात्रा सुरु गरेका एभरेष्ट सुर्यबोहोराको पछिल्लो चलचित्र ठुली दर्शकले अत्याधिक रुचाएको चलचित्र हो ।

प्रतिक्रिया