अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

कोलोराडोमा अत्याधुनिक यातायत प्रणाली: डेनभर डाउनटाउन देखि बोल्डर (३० माइल) ८ मिनेटमै

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते १०:४५ मा प्रकाशित

भविष्यका लागि भनिएको यस्तो यातायात प्रणालीको पहिलो परीक्षण कोलोराडोमा हुँदैछ । हाइपरलुप प्रविधिबाट प्रेरित यो प्रणालीबा एक दिन डेनभर डाउनटाउनका बासिन्दा ८ मिनेटमै बोल्डर पुग्नेछन् । यो परीक्षणका लागि कोलोराडो डिपार्टमेन्ट अफ ट्रान्स्पोर्टेसनसँग अराइभो नामक लस एन्जेलसमा रहेको कम्पनीले साझेदारी गर्नेछ । दुवै मिलेर डेनभर अन्तर्राष्ट्रिय विमानस्थल नजिक ई–४७० टोल वेसँगै आधा माइलको ट्रयाक निर्माण गर्नेछन् । त्यहाँ अनुसन्धान र विकास केन्द्र स्थापना गरिनेछ ।

अराइभो प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो । यो कम्पनी ट्रापिक समस्या हल गर्न तीव्र गतिको ट्रयाक निर्माण गर्ने भर्जिन हाइपरलुप वानसँग सम्बन्धित छ ।

“हामी यसलाई हाई स्पिड सुपर अर्वान नेटवर्क भन्दैछौं, किनभने यो हाइपरलुप नै भन्नु चाहिँ उपयुक्त हुँदैन,” अराइभोको सह संस्थापक ब्रोगन बमब्रोगनले भने, “हाम्रो ध्यान ट्राफिक समस्या अन्त्य गर्नमात्र केन्द्रित छ । त्यो सबैका लागि खास गरी डेनभरका लागि राम्रो कुरा हो ।”

पहिलो अटोनोमस बियर डेलिभरी ट्रक कोलोराडोबौ सुरु भएको हो । अत्याधुनिक प्रविधि हाइपरलुपबाट प्रेरित यातायात प्रणाली परीक्षण गर्ने प्रतिस्पर्धा पनि कोलोराडोले नै जित्यो । यहाँको बढ्दो जनसङ्ख्या, ट्राफिक दुर्घटना र मृत्यु रोक्ने प्रविधिको खोजीमा ट्रान्स्पोर्टेसन डिपार्टमेन्ट पहिलादेखि नै लागेको थियो । कार्यकारी निर्देशक शैलेन भाटले ट्राफिक समस्या समाधान गर्ने र सन् १९५० देखिको सडक मर्मत गर्ने, चौडा बनाउने कामको राम्रो विकल्प खोज्न सम्भावित सबै प्रविधि अन्वेषण गर्नु राज्यको दायित्व भएको बताए ।

Arrivo’s founders. With his signature mustache, Brogan BamBrogan is the man in the middle wearing a vest. Photo: Courtesy of Arrivo

“बढ्दो ट्राफिक समस्या समाधान गर्न हामीले अराइभोसँग साझेदारी गरेका हौँ,” उनले भने, “यसमा ट्रान्स्पोर्टेसन डिपार्टमेन्ट संलग्न भएको हो । यो भविष्यको योजना हो । हाइपरलुप वानले नेभाडामा परीक्षण गरेको ट्रयाकजस्तै हो । उनीहरू (अराइभो र हाइपुलुप वान) ले प्राविधिक विकासमा कोसेढुंगा बनाइरहेका छन् । अराइभो निकट भविष्यमा विश्वास गर्छ, केही वर्षपछिको भविष्यमा विश्वास गर्छ । ३० वर्ष पछिको होइन ।”

ई–४७० पब्लिक हाइवे अथोरिटीले अराइभोलाई प्रयोग विहिन रहेको टोल प्लाजामो परीक्षणका लागि ट्रयाक निर्माण गर्ने स्वीकृति दिएको छ । हाइवे अथोरिटीले दवैतर्फको टोल रोड ४ लेनसम्म बढाउन पूर्व स्वीकृति लिएको छ । उक्त स्थान प्राविधिकहरुका लागि प्रयोगशाला पनि हुनेछ जहाँ छुट्टै अनुसन्धान र विकास केन्द्र स्थापना गरिनेछ । त्यस क्षेत्रमा बनाइने ट्रयाकले तत्काल त्यहाँको ट्राफिक समस्या तत्काल समाधान हुनेछ । त्यहाँ अहिले हरेक लेनमा प्रति घण्टा ३ हजार सवारी साधन कुद्छन् । अराइभोले ट्रयाक बनाएपछि हरेक लेनले घण्टाको २० हजारसम्म सवारी साधन धान्न सक्नेछ । “सडक गतिलो फ्री वेमा रूपान्तरण हुनेछ,” बमब्रोगन भने ।

अराइभोले गत महिना ७ लाख ६० हजार अनुदान पाएको छ । उसले यो अनुदान नयाँ ४४ लाख अमेरिकी डलर लगानी गरी अनुसन्धान केन्द्र स्थापना गर्ने र वार्षिक तलब ९९ हजार ७ सय ४ हुनेगरी १ सय ५२ रोजगारी सिर्जना गर्ने सर्तमा पाउँछ । तर, अनुसन्धान केन्द्र स्थापना गर्न अराइभोले एक करोडदेखि डेढ करोड अमेरिकी डलर लगानी गर्ने ठानिएको छ ।

हाइपरलुप प्रविधिको यातायात प्रणाली अहिले पनि रोमाञ्चकारी परिकल्पना हो । यो परिकल्पना स्पेसएएक्सका संस्थापक एलन मस्कले गरेका हुन्, जस अनुसार हावारहित ट्युव प्रविधि प्रयोग गरेर प्रति घण्टा ६ सय ७० माइल गतिमा यात्रा गर्न सकिन्छ । अराइभोले परीक्षण गर्न लागेको स्थान डेडिकेटेड रोडवे हो जहाँ विभिन्न खाले शटल बस पोडहरु हुनेछन् । ती पोडले कारलाई बोक्नेछन् र विद्युत् तथा चुम्बक प्रयोग गरी दौडने छन् । डेडिकेटेड लेनमा यी पोडहरु प्रति घण्टा २ सय माइलको गतिमा दौडने छन् । यो हाइपरलुप प्रविधिबाट चल्ने ठानिएको सवारी साधनको गतिभन्दा ३ गुणा कम हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू