अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्ट काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते ११:४८ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीत हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापति विष्टलाई नेपाली काँग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रूपमा आजै मनोनयन गर्नु भएको हो ।

प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली काँग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका सभापति विष्टलाई उहाँको योगदानको कदर गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यमा जस्तो गरिमामय पदमा मनोनयन गर्नुभएको छ ।

पार्टीको भाइ-सङ्गठनको रूपमा संसारभर सक्रिय नेपाली जनसम्पर्क समितिहरू मध्यबाट नेपाली जनसम्पर्क समिति, अमेरिका, केन्द्रीय समितिका सभापति विष्टलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । गत सेप्टेम्बर महिनाको अन्तिम साता संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क आउनु भएका आदरणीय पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिको तर्फबाट काँग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू