अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

डोनल्ड ट्रम्पकी छोरी आउने भएपछि हैदराबादका भिकारी हटाउँदै भारत-जानकारी दिनेलाई ५०० इनाम

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते ३:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का भारत भ्रमणमा आउने भएपछि भारत सरकारले हैदरबादका सबै भिकारीलाई हटाउने भएको छ । नोभेम्बर २८ र २९ तारिख चल्ने अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन ट्रम्प पुत्री इभान्का हैदरबाद आउने भएपछि त्यो समय अघि नै त्यहाँका भिकारीलाई हटाउने काम सुरु भएको हो ।

भारतले आफूलाई सभ्य र धनी राष्ट्र देखाउनका लागि गरिएको यो काम छिटो गर्न यति सम्म गरिएको छ कि आउँदो डिसेम्बर १ तारिखपछि सहरमा देखिने कुनै पनि भिखारीबारे जसले जानकारी दिन्छ त्यो व्यक्तिलाई ५०० भारु उपहार स्वरूप दिने निर्णय समेत भारत सरकारले गरेको छ ।

स्थानीय प्रशासनले आफूहरूले भिकारी हटाउनुको कारण डोनल्ड ट्रम्पकी छोरी आउने कारण नभएको दाबी गरे पनि भारतले यस अघि पनि यही प्रकारको काम गरेकोले उनीहरूको दाबी अपत्यत्यारिलो साबित भएको छ । यसअघि पनि भारतले सन् २००० को मार्चमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन आउनुअघि भिखारीहरुलाई सडकबाट हटाइएको थियो।

भारतीय अधिकारीहरूले भने भिकारी हटाउनुको कारण उनीहरूको सुविदाका खातिर भएको बताएको छ । हटाइएका भिकारीहरु चञ्चलगुडा जेलमा आनन्द आश्रम निर्माण गरिएको छ जहाँ भिखारीहरुलाई पुनर्वासमा राख्ने निणर्य अनुरूप भिकारी सङ्कलन गरिएको हो ।

आनन्द आश्रममा राखिने ती भिकारीहरुलाई तालिम दिएर पेट्रोल पम्पमा काममा लगाउने योजना रहेको बताउने जेल विभागका अधिकारीहरुका अनुसार हालसम्म ३६६ जना भिखारीलाई नियन्त्रणमा लिएर आनन्द आश्रम पठाइएकोमा १२८ जनाले त्यही बस्ने निर्णय गरेका छन् भने भिख नमाग्ने प्रतिबद्धता जनाउँदै बाँकी २३८ जना घर फर्केका छन्।

हैदराबाद सहरलाई भिखारीमुक्त बनाउन त्यहाँका नागरिकसँगको सहकार्यमा प्रयासरत प्रहरी र स्थानीय प्रशासनले प्रहरी कमिश्नर एम महेन्द्र रेड्डीले दुई महिनाका लागि भिख माग्नमा प्रतिबन्ध लगाइएको घोषणा गरेपछि भिखारीहरुविरुद्ध पछिल्लो हप्तादेखि कारबाही थालिएको बताएको छ । यहाँ ल्याइएका अधिकांश मानिस भिखारी नभएको दाबी समेत उनीहरूको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू