अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

अबको युग विकास र समृद्धिको – प्रचण्ड

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते २३:०३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताउँदै भन्नुभयो “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्काे कुनै सपना छैन ।”

बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताउनुभयो । उहाँ वाम गठबन्धनका संयुक्त उम्मेदवार हुनुहुन्छ । पूर्वप्रधानमन्त्री दाहालले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले उक्त कार्यक्रमसँगै बिहान यहाँको डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन पनि गर्नुभयो । सो क्रममा उहाँले राप्रपा छाडेर आएका झन्डै १०० कार्यकर्तालाई पार्टी प्रवेशसमेत गराउनुभयो । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार राप्रपा (प्रजातान्त्रिक)का नेता एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे पनि चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू