अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

गायक सञ्जीव र गायिका टिकाको ‘पहिलो भेटैमा’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते १४:०७ मा प्रकाशित

नाई मलाइ थाहा छैन गीतको सफलतापछी गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईंले संयुक्त रूपमा ‘पहिलो भेटैमा’ गीत दर्शक तथा श्रोता माझ ल्याएका छन् । गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको एल्बम ‘त्यो सपना’ मा संग्रहित यस गीतमा शब्द होम नाथ न्यौपाने र सङ्गीत दीपक भट्टराईको रहेको छ ।

सार्वजनिक गीतमा अभिनेता कर्मा र अभिनेत्री वर्षा शिवाकोटी देखिएका छन् । यु दुवै नेपाली फिल्ममा अभिनय गर्ने कलाकार भएता पनि जोडी भने म्युजिक भिडियोमा बनेका छन् । गीतमा कर्मा र वर्षाको देखीएकी केमेष्ट्रीले बिमोचन समारोहमा तारिफ पाएको थियो । गीतमा दिपेन्द्र शाहीको कोरियोग्राफी रहेको छ भने यसलाई धन योन्जन तामाङले खिचेका हुन् । भारत रेग्मीको सम्पादन रहेको यस गीतलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । लक्ष्मण पछिल्लो समय रियालिटी सो नेपाल आइडलको निर्देशन मार्फत चर्चामा आएका थिए ।

सञ्जीव पराजुली ( हामीले अघिल्लो गीतको सफलतापछी दर्शक तथा श्रोता माझ यो पहिलो भेटैमा गीत मार्फत आएका छौ । यो मेरो दोस्रो एकल एल्बम पनि हो । यसमा सबै किसिमका गीतलाई समावेश गर्ने कोसिस गरेको छु भने यसमा मलाइ गीतकारको रूपमा होम नाथ न्यौपाने र सङ्गीतकार दीपक भट्टराईले साथ दिइएका छन् । विदेशमै रहेता पनि सङ्गीतलाई पनि निरन्तरता दिने प्रयास कायम नै छ । गीतमा हामीले पहिलो भेटमा हुने मायालाई चित्रण गरेका छौ ।

प्रतिक्रिया