नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) द्वारा आयोजित ” नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना ” कार्यक्रम
राजधानी वाशिंगटन डिसी देखी पांच मिनेटको दुरीमा रहेको म्यारिल्याण्डको बेथेस्दामा यही नोभेम्बर ११ तारिख
शनिबारका दिन आयोजना गरिएको थियो।
अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले कार्यक्रमको उद्घाटन गर्दै नेपाल देखी यती टाढा आएर पनी नेपालको नेवा: संस्कृतीको सम्बर्धनको लागी निरन्तर गरिएको क्रियाकलापहरुको प्रसंशा गर्दै नेवा: अर्गनाईजेसन अफ अमेरिकालाई नेपाल सरकारको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।
नेपाल सम्बतको जन्मदाता संखधर साख्वाको बिषयमा डा ० महेस्वोर बैध्यदवारा कार्यपत्र प्रस्तुत गरिएको थियो जसमा हाल नेपालमा प्रचलनमा रहेको नेपाली भाषा भन्दा नेपाल सम्बत धेरै पहिले देखीको नेपाली भाषा भएको प्रमाणहरु प्रस्तुत गरिएको थियो ।
थिए।
आयोजक संस्था WNO का तर्फबाट अध्यक्ष सिजन श्रेष्ठले कार्यक्रकको उद्धेश्य र महत्वमाथी प्रकाश पारेको सो कार्यक्रममा NOA का प्रथम उपाध्यक्ष पुस्कर प्रजापातीले स्वागत मन्तब्य राखेका थिए भने द्वितीय उपाध्यक्ष सुशिल लाल श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।
NOA की अध्यक्ष बबिता श्रेष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको ब्यवस्थापन नेवा: अर्गनाईजेसन अफ अमेरिकाका सक्रिय कार्यकर्ताहरु राजेश लाल श्रेष्ठ, महिन्द्र प्रधान, दिवाकर धौमडेल , यज्ञमान श्रेष्ठ , ऊदय श्रेष्ठ , मिना प्रधान लगायतका ब्यक्तीहरुले गरेका थिए ।
धिमे बाजा बजाउँदै गरिएको सुकुन्दा र्याली, नेवास् समुदायको स्वादिस्ट परिकार समयबजी, नेवास् भोज र नेवा: कथाको नाटक मन्चन सहितको बिबिध सांस्कृतिक प्रस्तुत गरिएको नेपाल सम्बत ११३८ न्हुदया भिन्तुना को प्रत्यक्ष प्रशारण अमेरिकाबाट नै सञ्चालित अनलाईन मिडिया बिआरटी नेपाल डटकमले गरेको थियो ।