अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

उत्तर कोरियाले ट्रम्पलाई युद्ध रुचाउने र बृद्ध ब्यक्ति भनेपछि ट्रम्पको दुखेसो

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते १९:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध सुरु भएको छ । साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्रर कोरियाली शासक किम जोङउनलाई कहिल्यै पनि पुड्के र मोटे नभन्ने बताएका छन् ।

उत्तर कोरिायली विदेशमन्त्रीले शनिबार ट्रम्पलाई युद्ध रुचाउने र बृद्ध ब्यक्ति भनेका थिए ।

ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए ।

ट्रम्पले उत्तर कोरियालीले आफुलाई किन बुढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका छन् ।

आफुले उत्तर कोरियाल नेता किम जोङ उनको साथी बन्न  धेरै नै प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो  समभव हुन सक्ने विश्वास पनि सार्वजनिक गरेको छन् । आजको  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू