अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

चुनाव प्रचारका लागि लिएको हेलिकप्टरमा उम्मेदवार चढेपछि उजुरी

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते १९:०० मा प्रकाशित

कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनाव प्रचारका लागि अनुमति लिएको हेलिकप्टरमा गोरखाका उम्मेदवार चढेको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ । कोइराला कांग्रेसका प्रचारक हुन् ।

 वाम गठबन्धनले कांग्रेस क्षेत्र १ का उम्मेदवार चिनकाजी श्रेष्ठ, प्रदेश (ख) का राजेन्द्र बजगाई र समानुपातिक उम्मेदवार हरिबहादुर घलेविरुद्ध आचारसंहिता उंल्लघन गरेको भन्दै उजुरी गरेको हो । कोइरालाले चुनाव प्रचारका लागि हेलिकप्टरको अनुमति लिएको आयोगले जनाएको छ । हेलिकप्टरमा चढेर कांग्रेसका ३ जना उम्मेदवार चुनाव प्रचारका लागि जिल्लाको मान्वुलगायत उत्तरी क्षेत्र गएका थिए । ‘उजुरी परेको छ, उमेदवारलाई लिफ्ट दिने विषयमा आचारसंहिता मौन भएका कारण निर्वाचन आयोगलाई जानकारी गराएका छौं,’ मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले भने ।

वाम गठबन्धनले भने पत्रकार सम्मेलन गरेर कांग्रेस उम्मेदवारले पटक/पटक आचारसंहिता उल्लंघन गरेको दाबी गरेको छ । ‘यसअघि पनि उहाँहरुले हेलिकप्टर चार्टर गरेर आचारसंहिता उल्लंघन गर्नुभयो,’ माओवादी इञ्चार्ज चुणामणि खड्काले भने, ‘निर्वाचन आयोगले कुनै कारबाही गरेन ।’निर्वाचन आयोगका सहसचिव विकास तिमिल्सिनाले उजुरीबारे छानबिन भइरहेको जानकारी दिए । ‘आज अबेर भयो, भोलि आयोगले उम्मेदवार चढाउन पाउने/नपाउनेबारे निर्णय गरेर कारबाही अघि बढाउँछ,’ उनले भने । आजकोकान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू