अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

१९ रनले पराजित गर्दै ‘एसिया कप क्रिकेट प्रतियोगिता’मा भारतमाथी नेपालको सानदार बिजय

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते ७:३४ मा प्रकाशित

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ। क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १ सय ६६ रनमा अलआउट भएपछि नेपालले जित हात पारेको हो ।

नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ बलमा ८८ रन बनाए।मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

नेपालका लागि कप्तान दिपेन्द्रसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाए। शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाब थियो।

भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई- दुई विकेट लिएका थिए।

यस जितसँगै नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना पनि बढेको छ । नेपालले अब समूहको अन्तिम खेलमा मंगलबार मलेसियाको सामना गर्नेछ । त्यसअघि सोमबार मलेसिया र बंगलादेश भिड्नेछन् । मंगलबार हुने अन्तिम खेलमा बंगलादेश र भारत पनि भिड्नेछन् ।

 

 

प्रतिक्रिया