अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

नरेश जोगीको थारु गीत ‘प्यार के इन्ट्री’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते ७:१४ मा प्रकाशित

 

पछिल्लो समय थारु भाषाका गीतमाथि म्यूजिक भिडियो निर्माण हुने क्रम बढेको छ । यसैविच थारु भाषाका गीतमा स्वर, संगीत र अभिनय गर्दै आइरहेका नरेश जोगीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् ।

‘प्यार के इन्ट्री’ बोलको गीतमा शब्द र संगीत नरेशकै छ । स्वरमा नरेशलाई गायिका अन्नु चौधरीले साथ दिएकी छिन् । लोकदोहोरीमा गीतमा लोकप्रिय रहेकी मोडल करिष्मा ढकालले गीतको भिडियोमा अभिनय गरेकी छिन् । उनीसँगै थारु मोडल प्रिन्सराज खुना फिचरिङ छन् ।

‘यो थारु भाषाको लभ एण्ड रोमान्टिक सङ हो, आशा छ दर्शकले मनपराउनुहुनेछ,’ गायक जोगीले भने ।

रविन थापाले गीतको भिडियो निर्देशन गरेका हुन् । करण शिशिरले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया