अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

ताइवानमा हुने ‘मिस्टर वसियन’मा विवेक खड्काले नेपालको प्रतिनिधित्व गर्दै

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते ७:०२ मा प्रकाशित

विश्वका चर्चित पुरुष सौन्दर्य प्रतियोगीता मध्य एक ‘मिस्टर वसियन’ पनि हो । यहि सौदर्य प्रतियोगीता ‘मिस्टर वसियन २०१७’ मा नेपालको प्रतिनिधित्व पुर्व मोडल हन्ट विजेता विवेक खड्काले गर्न भएका छन् ।

ताइवानको ताइबेइमा यहि १५ देखि २६ नोभेम्बर आयोजना हुने प्रतियोगीतामा ७० देशका युवाहरुको सहभागीता रहने छ । ६.१ हाइट भएका २० बर्षीय खड्का अन्य प्रतिस्पर्धीका लागि बलियो चुनौतीको रुपमा प्रस्तुत हुने ब्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल नेपालका प्रमुख रवि धवलाले बताए ।

नेपाली कलासंस्कृती झल्कने बिभिन्न भेष भुषाका साथ नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन आफ्नो सहभागीता अर्थ पुर्ण रहेको विवेकले बताए । विवेक गत बर्षका मोडल हन्ट नेपालका बिजेता पनि हुन् ।

यस अगाडी मोडल हन्ट नेपालकी प्रतियोगी सिम्रन खड्काले एक अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउन सफल भएकी थिइन् ।

प्रतिक्रिया