अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोप प्रत्यारोप उत्कर्षमा

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते १९:३४ मा प्रकाशित

निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् । मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ ।

कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै बाम गठबन्धनविरुद्ध खनिएको छ ।

वाम गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कंग्रेस आतिएको बताउँदै आएको छ ।

बाम गठबन्धन र काग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन् ।  आजको नेपाल समाचारपत्रमा खबर  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू