अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

चुनाव मुखमै राष्ट्रपति किन जाँदैछिन् यूएई ?

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते १८:५८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् ।  निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन् । टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् ।

संविधान जारी भएपछि देशमा हुन लागेको पहिलो निर्वाचनकै बेला राष्ट्रपति विदेश जान हतार गर्नुको कारणबारे राष्ट्रपति कार्यालय भने मौन छ । निर्वाचनपछि बन्ने संसदले नयाँ राष्ट्रपतिको चयन गर्दैछ ।

वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समयदेखि राजदूत छैनन् । कृष्णबहादुर महरा बिनाविभागीय भएपछि अहिले परराष्ट्रमन्त्रीसमेत छैनन् ।

यसको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राजदूत र परराष्ट्रमन्त्री दुवै नभएका बेला राष्ट्रपतिको भ्रमण गराउन खोजिनुलाई परराष्ट्र मामिलाका ज्ञाताहरूले आश्चर्यका रूपमा हेरेका छन् ।  आजको कान्तिपुर दैनिकमा  खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू