अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

नयाँ दिल्लीमा प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त कार्य्रकम गर्दै

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते २२:३० मा प्रकाशित

बाम गठबन्धनलाई स्वागत गर्दै भारतको राजधानी नयाँ दिल्लीमा बुधवार एमाले निकट प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त कार्य्रकम गर्ने भएको छ ।

नेपाली जनताले अलग, टुटफुट र विभाजनको सिकार भएका नेपाली कम्युनिस्ट आन्दोलनलाई एकत्रित गर्ने यात्रा ७ बुँदे लिखित प्रतिबद्धता सार्वजनिक गर्ने नेता प्रति श्रमजिवि र उत्पिडित प्रवासी नेपाली जनताले धन्यवाद ज्ञापन गरे छन् ।

होटेल स्टार फ्लावर इन पहाड़गंजमा बसेको उक्त बैठकमा नेपालको राष्ट्रिय राजनैतिक दल माओवादी केन्द्र र एमाले पार्टीको जनबर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मञ्चका केंद्रीय सचिव आरबी खड्काको नेतृत्वमा क्षेत्रीय अध्यक्ष ज्ञान बहादुर केसी, केंद्रीय सदस्य अर्जुन दयाल , केंद्रीय सदस्य मानु क्षेष्ठ र प्रवासी नेपाली सङ्घ भारतका केंद्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा केंद्रीय उपाध्यक्ष सीता अधिकारी ,केंद्रीय सहलकार कवि कार्की ,केंद्रीय सदस्य बेध प्रसाद भण्डारी राज्य सचिव बिमल प्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

दुवै सङ्गठनले नेपालमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई मध्यनजर गर्दै आउदो १९ नोभेम्बरको दिन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू