अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

 दुर्घटना न्युनिकरणका लागि सडक छेउमा ऐना

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते ३:०७ मा प्रकाशित

साँघुरो सडक र घुम्तीहरु बढी भएपछि संभावित सडक दुर्घटना कम गर्न पोखरा बागलुङ सडकको पर्वत खण्डमा ‘कन्भेक्स मिरर’हरु जडान गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा
पर्वत र कास्कीको सीमा नयाँपुलदेखि म्याग्दीको बेनी बजारसम्म २३ वटा र पोखरा बागलुङ सडकखण्ड र मालढुंगा बेनी सडकखण्डमा गरी ३० वटा कन्भेक्स मिरर जडान गरिएको हो ।

विपरित दिशाबाट आएको गाडी देख्न सकिनेगरी राखिएका ति ऐनाहरु विशेष गरी सडकको असुरक्षित स्थानमा जडान गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू