अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

२५० बर्ष पुरानो नेपाली वीरताको उल्लास सिन्धुलीगढीमा पुन: दोहोरिंदै – ‘राईड टु सिन्धुलीगढी’

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते १५:५३ मा प्रकाशित

आज भन्दा २५० बर्ष पहिले तत्कालिन गोर्खाली सेनाले ब्रिटीस सेनामाथी बिजय हासिल गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा बिजयोत्सव मनाईने भएको छ । शुक्रबार आर्थात कात्तिक २४ गते सो दिनको सम्झनामा राईड टु सिन्धुलीगढी नामक साईकल यात्रा संगै सांगितीक साँझ सहीतको भब्य बिजयोत्सव मनाईने भएको हो ।

सम्बृद्ध सिन्धुली अभियानको आयोजना र कमलामाई नगरपालिकाको सहकार्यमा हुन लागेको यो अभियान बारे जानकारी गराउनका लागि मंगलबार राजधानिमा राखिएको पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी र उद्धेश्यमाथी प्रकाश पारिनुका साथै यात्रा अवधीभर साईकल यात्रीले लगाउने टिसर्ट पनि सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक लिलानाथ घिमिरेले ऐतिहासिक सिन्धुलीगढीलाई विश्वसामु चिनाउनका लागि साईकल यात्राको आयोजना गरिंदै आएको बताउँदै यो बर्षबाट बिदेशी साइकल यात्रीको समेत सहभागीता रहने जानकारी दिए ।

त्यस्तै यात्रा संयोजक सौरभ ढकालका अनुसार काठमाडौंबाट हिँडेका साईकल यात्रीहरु पहिलो दिन खुकोर्टमा बास बसेर दोस्रो दिन अर्थात शुक्रबार सिन्धुलीगडीमा हुने बिजयउत्सवमा सहभागी हुनेछन् र त्यहाँबाट सिन्धुलीमाडी झरेर बिजयोत्सव सांगितीक साँझमा रमाउने छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले यस अभियानले नेपाली पर्यटन क्षेत्रलाई टेवा पुगेको बताउँदै ऐतिसाहिक र पर्यटकिय यस अभियानका लागि पर्यटन बोर्डले बजेट छुट्याएको जानकारी दिए । साथै प्रवन्धक घिमिरले सबैलाई यस बिजयउत्सवमा सहभागी भै आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिनका लागि पनि अनुरोध गरे ।

राष्ट्रपति बिद्यादेवी भण्डारी प्रमुख अतिथीका रुपमा सहभागी हुने यस बिजयउत्सवमा नेपाली र बिदेशी गरी ११० जना साईकल यात्री सहभागी हुँदैछन् । कात्तिक २३ गते उपराष्ट्रपति नन्द बहादुर पुनले बिहान ८ बजे साईकल यात्राको उद्घाटन गरेपछि काठमाडौंबाट यि साईकलयात्रीहरु सिन्धुलीका लागि निस्कने छन् ।

विश्व साईकलयात्री पुस्कर शाहले नेतृत्व गर्ने यस साईकल यात्राका सहभागीहरु झण्डै १५३ किलो मिटरको यात्रा तय गरेर काठमाडौबाट सिन्धुलीमाढी पुग्दैछन् ।

अभियानका अभियन्ता दिपक श्रेष्ठका अनुसार काठमाडौंबाट हिँडेका यात्रीहरुलाई सुर्यबिनायक, बनेपा, खुर्कोट लगाएतका स्थानहरुमा त्यहाँका वासिन्दाले स्वागत गर्ने कार्यक्रम समेत रहेको यस अभियानको सांगितीक समारोहमा स्थानिय कलाकारहरुले बिभिन्न जातजातीका भेषभुषा, नृत्य र संस्कृतिको प्रदर्शन गर्नेछन भने सोही समारोहमा त्यहाँका होटल ब्यवसायिहरुले खाना महोत्सव समेतको आयोजना गर्ने भएका छन् ।

यो बर्षबाट महिला साईकल यात्री समेत सहभागी हुने यस अभियानमा आयोजकले यात्रुको सुविधाका लागि खाने, बस्ने, बिमा, एम्बुलेन्स सहितको मेडिकल टिम, स्वयंसेवकहरु र साईकल मेकानिक्सहरुको समेत ब्यवस्था गरेको छ ।

यस्तो छ यो बर्ष सिन्धुलीगढी बिजयोत्सवको तयारी

यसै अभियानले सम्पन्न गरेको गत बर्षको राईड टु सिन्धुलीगढी झलक भिडियोमा

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू