अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

व्हाइट हाउसका सबै ‘स्वेत’ प्रहरी मार्ने धम्कि दिंदै आएका टेक्ससका माइकल एरेगा पक्राउ

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते ०:०० मा प्रकाशित

आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत खुलेआम व्हाइट हाउसका सबै स्वेत प्रहरीलाई मार्ने धम्की दिंदै आएका एक ब्यक्तीलाई अमेरिकी सेवा सुरक्षात्मक गुप्त विभागले पक्राउ गरेको छ । अमेरिकाको टेक्सस स्थित ड्यालसका माइकल एरेगा नामका ति ब्यक्तीलाई सोमबार दिउँसो पेनसेलभेनिया एभेन्यु नजिक लाफाएटे पार्कको उत्तर क्षेत्रबाट पक्राउ गरेको हो ।

एरेगा कै फेसबुक स्ट्उाटसबाट उनि टेक्ससबाट वाशिंगटन डिसी आउँदै गरेको सुचना पाएको गुप्त बिभागले उनलाई पक्राउ गर्न सफल भएको थियो । सोमबार उनले पोष्ट गरेको स्ट्याटसमा उनले लेखेका थिए ‘अब म त्यहा जाने छु र निश्चित गर्दछु कि सबै स्वेत प्रहरीलाई मार्छु ।’

प्रहरीलाई मार्ने चेतावनी दिएका भएपनि उनि पक्राउ पर्दा उनिसंग कुनै हात हतियार नरहेको पाइएको छ । पक्राउ परेका उनमाथि धम्की देखाएर आतंक मच्चाएको आरोपमा यस्तो हर्कत किन र के का लागि गरियो भनि अनुसन्धान भै रहेको छ ।

https://www.facebook.com/azmem77

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू