अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

काजकिस्तानको सडक दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७४ कार्तिक २० गते ४:१८ मा प्रकाशित

काजकिस्तानमा सोमबार भएको सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । काजकिस्तानको दक्षिणी क्षेत्र स्थित जलालाबाद सहरको बिसकेक ओस राजमार्गमा सोमबार बिहान भएको सो दुर्घटनामा परि १० जनाको ज्यान गएको हो ।

ट्रक र कार एक आपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परि चार पुरुष, तीन महिला र एक छ महिने बालकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक चालकको लापर्बाहीको कारण सो घटना भएको प्रहरीले बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू