अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

दैनिक क्लब लाईफका कारण मैले बिहानी सूर्योदयको दृश्य नदेखेको धेरै बर्ष भयो- जिडे आशिस दाहाल

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ५:४९ मा प्रकाशित

डिजे आशिस दाहाल विगत डेढ वर्ष देखि दरबारमार्गमा खुलेको नेपालकै ठूलो नाईट कल्ब डेजाबुका रेगुलर जिडे(डिक्स जक्की) हुन् । दैनिक बेलुकी ७ बजे नयाँ जोसका साथ क्लब प्रबेश गर्ने आशिस घन्टैसम्म कल्बको स्टेजमा डिजेईङ्ग प्रस्तुत गर्दै दर्शक श्रोताहरुलाई नचाई रहेका हुन्छन् । दुईहजार दुईसय दर्शकहरुले खचाखच हुने कल्बमा उनी बिहान ३ बजे सम्म स्टेजमा देखिन्छन् । त्यसो त उनी कहिले काहि कल्बमा हुने विषेश कार्यक्रमको बेलामा भने आफूलाई आरामको महशुस गर्दछन् ।

दैनिक क्लब लाईफले दिन र रातको परिभाषा नै परिबर्तन भएको बताउने आशिस आफूले बिगत पाँच बर्ष देखि बिहान सूर्य उदयको दृश्य नदेखेको धेरै नै बर्ष भयो भन्नुहुन्छ ।

नाईट कल्बहरुमा घन्टै संगित पारखीहरुलाई नचाउने मेरो प्यासन हो काम हो र यो मलाई मनपर्ने पेसा पनि हो र मलाई घर परिवार तथा साथी संगतिहरु बाट पनि राम्रो साथ र सपोट मिलेको छ उहाँ भन्नुहुन्छ ।

प्रतिक्रिया