अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

‘नेशनल पावरन्युज एजुकेशन अवार्ड’ मनोनयनका उत्कृष्ठ १० प्रतिस्पर्धीलाई प्रमाण पत्र वितरण

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते ४:०४ मा प्रकाशित

नेपालमा पहिलो पटक हुनगईरहेको नेशनल पावरन्युज एजुकेशन अवार्डको मनोनयनमा परेका र गत भाद्र २० गते भएको प्रमाणपत्र वितरणमा उपस्थित हुन नसकेका स्कुल तथा कलेजहरुलाइ एक कार्यक्रमका विच सहकारी विकास मन्त्री दिलनाथ गिरीले प्रमाण पत्र वितरण गरेका छन् । रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रमका विच वाँकी रहेका स्कुल तथा कलेजहरुलाई उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीलाई प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्ता किसिमको कार्यक्रमबाट नेपालको शिक्षा क्षेत्रलाइ थप प्रतिष्प्रधात्मक बनाउन सफल हुनेमा विश्वास व्यक्त गरे । नेपालमा पहिलो पटक शिक्षा क्षेत्रलाइ समेटेर अवार्ड कार्यक्रम गरेकोमा आयोजकलाइ धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमहरुलाइ निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै डा. इवामुरा अस्पतालका अध्यक्ष उत्तम कर्माचार्यले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि यो कार्यक्रम निकै फलदायी हुने बताए । त्यस्तै जेष्ठ नागरिक कोषका सभापती रामकृष्ण कर्माचार्यले नेपालको शैक्षिक ईतिहासमा यो कार्यक्रमले निकै योगदान दिने बताए ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै नेशनल पावरन्युजका एजुकेशन अवार्डका अध्यक्ष माधवराज खरेलले आगामी कार्तिक २५ गते नेपाली शैक्षिक इतिहासमा नयाँ अध्याय हुने बताए । उत्कृष्ठ १० मा पर्ने सबै स्कुल तथा कलेज उत्कृष्ठ रहेकोले प्राविधिक रुपमा एउटाले अवार्ड जिते पनि सैद्धान्तिक रुपमा भने सबै विजेता भएको बताए ।

यस कार्यक्रमको फाइनल आगमाी कार्तिक २५ गते जमल स्थित नाचघरमा दिनको १ बजे शुरु हुने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू