अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

आतङ्कवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते १०:४६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरूपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अमेरिकाको म्यानहटनमा मङ्गलवार भएको आतङ्ककारी हमलापछि दिनुभएको प्रतिक्रियामा उहाँले सो कुराको प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलवार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो ।

न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरूले आतङ्कवादी कार्य हो भनेका छन् ।

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी सङ्गठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा मान्छेहरूले ज्यान गुमाएको यो पहिलो पटक हो ।

न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

उक्त आक्रमणपछि राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी सङ्गठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाउनुभएको छ ।  (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू